Monday, March 25, 2013

साउदी जान ३ लाख ४३ हजार !

१२ चैत, काठमाण्डौं । तीन लाख ४३ हजार रुपैयाँ म्यापावर कम्पनीलाई बुझाएर
साउदी अरब पुगेका एक युवा भनेअनुसार तलब, सुविधा नपाएपछि समस्यामा परेका
छन् । कसेरी २, मोरङका २३ बर्षका राजु बोगटीसँग म्यानपावर कम्पनीले
सरकारले तोकेभन्दा २ लाख ७३ हजार रुपैयाँ बढी रकम असुलेको हो ।
सरकारी निर्णयअनुसार म्यानपावर कम्पनीले साउदीका लागि जुनसुकै काममा पठाए
पनि प्रतिकामदार ७० हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था छ
। यो शुल्कमा हवाई टिकट, मेडिकल, बिमा, अभिमुखीकरण तालिम र म्यानपावर
कम्पनीको सेवा शुल्क जोडिएको हुन्छ ।
सुनसरी, इटहरीको नाप म्यानपावर नामक कम्पनीलाई आफुले १ लाख रुपैयाँ र
बाँकी उड्ने बेला काठमाण्डौं आएपछि बुबाले दिएको उनले बताए । 'मैले नापका
विपिन मगरलाई १ लाख रुपैयाँ बुझाएर काठमाण्डौं आएँ, पछि बुबाले त्यही
कम्पनीका गोपाल गुरुङलाई दुई पटक गरी २ लाख ४३ हजार रुपैयाँ बुझाउनुभयो,'
उनले भने 'यत्रो रकम तिरियो मात्र अव कसरी ऋण तिर्ने समस्या पर्‍यो,'
कान्तिपुर दैनिकमा खबर छ । उनले भने आफूलाई मासिक ७० हजार रुपैयाँ तलब र
दुई छाक खान बस्न र इन्टरनेट हुन्छ भनेर झुक्याइयो । आफ्नो तलब करिब १६
सय रियाल हुने र एक छाक मात्र खान दिने बताए ।

No comments:

Post a Comment