Tuesday, October 23, 2012

वैज्ञानिक महत्वको जमरा

७ कात्तिक, काठमाण्डौं । हिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत
घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिका सँगै लगाउने गरिन्छ ।
प्रकाश नआउने स्थानमा शुद्ध माटोमा जौँ छरेर उमारिएको पहेँलो जमरालाई
धर्मशास्त्रमा सम्बृद्धिको प्रतिक मानिन्छ । धर्मशास्त्रको व्याख्या
आफ्नो ठाउँमा छ । वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन

वास्तवमा जौँ निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट ,
प्रोटिनका साथै विभिन्न भिटामिनहरु प्रसस्त्र मात्रामा पाइन्छ । त्यसैले
जौँ को सातु के गाउँ , के सहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु
बालीहरु भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रुपमा रहेको जौँ
विस्थापित हुँदै गएको छ , जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरुले
बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँ को महत्व अझै धेरै भएको प्रष्ट
हुन्छ ।
जौँ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन औषधिय गुणले पनि युक्त मानिन्छ
। आयुर्वेदिक ग्रन्थहरुमा जौँ र अंकुरित जौँबाट गर्न सकिने उपचारहरुको
बारेमा व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगको उपचारमा पनि जौँ उपयुक्त
रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । चिकित्सकहरुका अनुसार सात वा
नौ दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गर्ने हो भने उच्चरक्तचाप ,
क्यान्सर तथा मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ । त्यस्तै जमराको झोलले
पेटको रोग , छालाको रोग ,वायुविकार जस्ता समस्यापनि हट्ने चिकित्सकहरु
बताउँछन् । जमराको रस सौन्दर्य प्रशाधनमा पनि प्रयोग हुन्छ । अध्ययनहरुले
अंकुरित जौँ मा सागपात भन्दा पनि बढि पौष्टिक तत्व पाइने प्रमाणित
गरिसकेका छन् । जमराको प्रयोगबाट हाड , आन्ध्रा , पेट , छाला लगायतका
रोगको सफल उपचार सम्भव भैसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई
सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलनछ ।
यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले
मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा
सम्बृद्धिको प्रतिक जमरा पनि मानव स्वास्थ्यका लागिहितकारी मानिन्छ ।
यसमा तपाइको मत

No comments:

Post a Comment