Tuesday, September 11, 2012

लोहोरोले हानेर श्रीमतीको हत्या

२६ भदौ, गुल्मी । गुल्मीको दर्लामचौर गाविसमा श्रीमानद्धारा श्रीमतीको
लोहोरो प्रहार गरी हत्या भएको छ ।
दर्लामचौर गाविस-९ निवासी ३५ वर्षीय चन्द्रबहादुर कुमालले आफ्नै ३२
वर्षीया श्रीमतीहरिकला कुमालसँग घरायसी झगडा हुँदा लोहोराले टाउकोमा
हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
सामान्य झगडापछि लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेपछि भाग्दै गरेका
कुमाललाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरेपछि छोराछोरीले
हारगुहार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख जितेन्द्रकुमार बस्नेतका अनुसार
अस्थायी प्रहरीपोष्ट धनार्जीको टोलीले भाग्दै गर्दा जङ्गलबाट पक्राउ
गरेको थियो । कुमालका १० वर्ष मुनिका दुई छोरा र एक छोरी रहेको स्थानीय
तोयानाथ सापकोटाले बताउनुभयो । रासस

No comments:

Post a Comment