Sunday, September 30, 2012

भारतीय सीमाबाट चार युवतीको उद्धार

१४ असोज, भ्रद्रपुर । रोजगारीका लागि भारत जान खोज्ने चार युवतीलाई
प्रहरीले आज बिहान पूर्वी नाकाकाँकडभिट्टाबाट उद्धार गरेको छ। शनिबार
स्थानीय एक होटलमा आएर बसेका उनीहरुलाई आज बिहान सीमापार गरी भारत जान
तयार रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय
काँकरभिट्टाले जनाएको छ।
स्रोहदेखि २२ वर्षसम्मका ती युवीहरुको घर सङ्खुवासभा र धरान रहेको बताइएको छ।
अनुसन्धानको क्रममा उनीहरुमध्ये कोहीले लोग्ने भारतमा रहेको र कोहीले
आफूखुसी रोजगारका लागि भारत जान खोजेको बताएका छन्। माइती नेपालसँग
समन्वय गरी उनीहरुका अभिभावकलाई बोलाएर जिम्मा लगाउने प्रहरीले जनाएको छ।
उनीहरुको नाम र ठेगाना गोप्य राखिएको छ। रासस

No comments:

Post a Comment