Wednesday, September 12, 2012

दशैंको टिकट बुकिङ असोज दोस्रो साताबाट

२६ भदौ, काठमाडौं । यातायात व्यवसायीहरुले दशैका लागि असोज दोस्रो
साताबाट टिकट बुकिङ सुरु तयारी गरेको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सरोज सिटौलाले १० गतेभित्र
टिकट बुकिङ सुरु गृहकार्य भइरहेको जानकारी दिनुभयो । सिटौलाले
अनलाइनखबरसँग भन्नुभयो-'हामीले आन्तरिक रुपमा १० गतेभित्र टिकट बुकिङ
सुरु गरिसक्ने तयारी गरेका छौं ।'
विगतका वर्षहरुमा भन्दा यस वर्ष बढी मानिस काठमाडौं बाहिर जाने अनुमानका
साथ यातायात व्यवसायीहरुले थप सवारी साधन थप्दैछन् । 'राजनीतिक अस्थिरता
रहेपनि गाउँ गाउँमा शान्ति देखिएको छ' उहाँले भन्नुभयो-'विगतमा साना र
ठूला गरी दैनिक ३ हजारसम्म बस चलेका थिए । यसवर्ष दैनिक४ हजार जत्ति
हुन्छन् भन्ने हाम्रो अनुमान छ ।'
यातायात व्यवसायीहरुले इन्धनको मूल्य बढेको भन्दै भाडादर समायोजन गर्न
समेत दबाव दिएका छन् ।

No comments:

Post a Comment