Saturday, September 15, 2012

राष्ट्रपतिले मिति तोकेरै अल्टिमेटम दिने, प्रधानमन्त्री हटाउने तयारी

३० भदौ, काठमाण्डौ । भदौ भित्र सहमति गर्ने घोषणा गरेपनि ठोस वार्ता
नगरेका दलहरुलाई राष्ट्रपतिले मिति तोकेरै अल्टिमेटम दिने तयारीगर्नुभएको
छ ।
तोकिएको मितिभित्र सहमति नभए प्रधानमन्त्रीलाई पद त्याग्न आग्रह गर्ने र
त्यो पनि नभए सहमतीय सरकार निर्माणका लागि आह्वान गर्ने राष्ट्रपति निकट
स्रोतलाई उदृत गर्दै कान्तिपुर र नागरिक दैनिक दैनिकले छापेका छन् ।
नागरिक दैनिकले नयाँ चुनावका लागि सहमतिय सरकार बनाउन दबाब दिने र त्यसमा
दलहरुले रुची नदेखाए आफैं आह्वान गरेर भएपनि मुलुकलाई निकाश दिने तयारीमा
राष्ट्रपति लागेको खवर छापेको छ । संबिधानसभा पुर्नस्थापनाका लागि दलहरु
सहमत हुने कम आशाबादी देखिएका राष्ट्रपतिले केही समय संबिधानसभाको काम
गर्नेगरि नयाँ चुनावमा दलहरु सहमत हुने अपेक्षा गर्नुभएको छ ।
आइतवार दलका नेताहरुलाई बोलाएका राष्ट्रपतिले आफ्नो योजनाबारे जनाउ दिने
बताइएको छ ।
यसैवीच पछिल्लो केन्द्रीय समिति वैठकमार्फत केही समयका लागि संबिधानसभा
पुर्नस्थापना गर्न सकिने निर्णय गरेको नेपाली कांग्रेस फेरि अलमलमा परेको
छ । पुर्नस्थापनाको निर्णयलाई औपचारिकता दिन भदौ २७ का लागि बोलाइएको
वैठक बस्न सकेको छैन भने दुई दिनदेखि सुशील कोइरालाको निवासमा बसिरहेको
अनौपचारिक बैठकमा पुर्नस्थापनामा जान नहुने पक्षमा कुरा उठन थालेको आजको
कान्तिपुर दैनिकले छापेको छ ।

No comments:

Post a Comment