Thursday, September 20, 2012

छोरीको सामूहिक बलात्कार भएपछी बाबुले गरे आत्महत्या

३ असोज, एजेन्सी । एक दलित किशोरीलाई ८ जना युवकले सामूहिक बलात्कार
गरेपछी ती किशोरीका बाबुले आत्महत्या गरेका छन् । बलात्कार गर्दै फोटो
खिचेर यदी कसैलाई भने फोटो सार्वजनिक गरिदिने धम्की दिएपछी किशोरीका
बाबुले उक्त पिडा सहन नसकी आत्महत्या गरेका हुन् ।
केही दिनअघि भारतको हिसार भन्ने ठाउँमा कक्षा १२ मा पढ्दै गरेकी
किशोरीलाई आफ्नो मामाघर गईरहेका बेला ८जना युवाको समूहले बलात्कार गरेको
थियो । ती किशोरीले आफूलाई ८ जना युवकको समूहले बलात्कार गरेको आफ्नी
आमालाई बताएकी थीइन् र उनकी आमाले उक्त कुरा पतिलाई बताएकी थिइन् । यसपछी
किशोरीका बाबुले आफ्नी छोरीलाई बलात्कार गर्ने युवाहरूविरूद्ध गाँउका
बुढापाकाहरूसँग कुरा गरेका थिए । यसपछी ती युवाहरुले किशोरीका आमाबाबुलाई
यसरी बाहिर कुरा गर्दै हिडे तिम्रो छोरीको नाङ्गो फोटो बजारका भित्तामा
टासिदिने भन्दै धम्की दिएका थिए । यसपछी किशोरीका बाबुले मंगलबार राती
बिष सेवन गरेर आत्महत्या गरेका हुन् ।
यस घटनापछी दलित बस्तीका मानिसहरू भेला भएर प्रहरीमा गई दोषीलाई कारबाही
गर्नका लागी माग गरेकाथिए भने प्रहरीले रिपोर्ट लेखेर आप्नो कारबाही पनि
सुरू गरेको छ ।

No comments:

Post a Comment