Saturday, August 25, 2012

शिक्षण संस्था बन्द गरे हतकडी लाएर खोरमा

९ भदौ, काठमाण्डौं । आफ्ना माग पुरा गराउने बहानामा शिक्षण सस्थालाई बन्द गराउँदै हिँड्ने ‘नेताजी’हरुलाई अव सुरक्षाकर्मीले हतकडी लगाएर खोरमा पुर्‍याउने भएका छन् ।
जिल्ला शिक्षा अधिकारीहरुका लागि शुक्रबारदेखि शुरु भएको गोष्ठीमा शिक्षामन्त्री दीनानाथ शर्माले जबरजस्ती शिक्षण सस्था बन्द गराउनेहरुलाई थुन्न सरकारले निर्णय गरिसकेको बताउनुभयो ।
शिक्षामन्त्री शर्माले भन्नुभयो-’शिक्षण संस्थाबन्द गर्ने वा पठनपाठन अवरुद्ध गर्नेहरुलाई कानुनी कारबाही गर्ने भनी सरकारले निर्णय नै गरिसकेको छ । माग पुरा गराउन शिक्षण सस्थालाई बन्द गराउँदै हिँड्नेहरुलाई पक्राउ गर्दै थुनामा राखिने छ ।’
सरकारले डेढ बर्षअघि नै विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिसकेको छ तर विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठन लगायतले सरकारी घोषणालाई पालना गरेका छैनन् । यसले गर्दा विद्यालय शान्ति क्षेत्रको नारा कागमा मात्र सीमित बनेको खबर गोरखापत्र दैनिकमा छ ।
मन्त्री शर्माले कतिपय जिल्ला शिक्षा अधिकारीहरुले राजनीतिक दलको आडमा सरुवाको चलखेलगर्ने चर्चा गर्दै भन्नुभयो-’जिशिअहरुले राजनीतिक शक्ति प्रदर्शन गर्ने गरेका पनि छन् । उनीहरुले नेताहरुबाट सरुवाका लागि फोन गराउँछन्। सरुवा चाहिएको छ भने मसित भन्नुहोस् । कुनै नेताबाट फोन गर्न नलगाउनुहोस् ।’ उहाँले एक बर्ष भित्र सबै झोले विद्यालय बन्द गर्न पनि निर्देशन दिनुभयो ।

No comments:

Post a Comment