काठमाडौं, भाद्र ९ - संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहामा व्यक्ति-हत्याको अदालती सजायमा मृत्युदण्ड पाउने स्थितीमा रहेका पर्वतका दुर्गाबहादुर सुनारका तर्फबाट मृतक परिवारलाई बुझाउनुपर्ने रगतबापतको पैसा 'ब्लड-मनी' सरकारले बेहोर्दिने भएको छ ।
'के-कति ब्लड-मनि चाहिने हो, त्यसमा केही बिउ-पैसा सरकारले राखिदिने भएको छ । र, एउटा नेपाली नागरिकलाई मृत्युदण्ड को सजायबाट छुट्कारा दिलाउन तत्कालै युएइ सरकारसग पहल हुने भएकोछ,'परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलेभने । सुनसरी घर भएका गणेशबहादुर बस्नेतसग भएको सामान्य कुटाकुटमा बस्नेतको मृत्यु भएपछि सन् २००९ को जनवरी १४ देखि सुनार हिरासतमा थिए । उनलाई सन् २०१० मा शारजहाू अदालतले मृत्युदण्ड को सजाय सुनाएको थियो ।
यही सेप्टेम्बर अन्त्यसम्ममा युएइको अदालतलाई सुनारले मृतक परिवारलाई 'ब्लड-मनी' बुझाएको भन्नेकानूनी आधारको कागजात नबुझाएमा मृत्युदण्ड को तिथी तोकिने सक्ने भएकाले सरकारले आगामी साताभित्रमा सबै प्रकृया पुरा गर्ने भएको छ । पाूच बर्षअघि कुवेतमा डोल्मा शेर्पालाई मृत्युदण्ड को सजाय सुनाइदा पनि परराष्ट्र मन्त्रालयले ४ लाख रुपैंयाको 'बिउ पैसा' उठाएर अरु रकम गैर आवासीय नेपाली समुदायबाट संकलन गरी ब्लड-मनी बुझाएको थियो । त्यसबाट डोल्माको मृत्युदण्ड सजाय मिनाहा भएको थियो । परराष्ट्रले बैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई व्लड-मनीबापत आवश्यक पर्ने पुरै रकम अथवा 'बिउ-पैसा' व्यवस्था गर्न शुक्रबारै निर्देशन दिएको छ ।
काठमाडौं डल्लुमा बस्दै आएका मृतक बस्नेतका परिवार पनि निकै गरीब पृष्ठभूमीमा रहेकाले 'ब्लड मनी' अनिवार्यशर्त झैं देखिएको परराष्ट्रमा प्रोटोकलका अधिकारीले 'बि्रफिङ' गरेका छन् । 'मृतक गणेशका बुबाआमा पनि शारीरिक रुपमा अशक्त रहेकाले र उनीहरु स्वयम्भुमा मकै पोलेर गरीखाने हैसियतमा रहेकाले उनीहरुलाई आर्थिक सहयोग जरुरीदेखिएको छ,'ती अधिकारीले भने । मृतक गणेशका परिवारले सुनारकी आमा मनकुमारीसग २० लाख रुपैंयाको ब्लड-मनी मागेका भएपनि यसमा पनि केही कमी गर्न सकिने देखिएको छ ।
'म आफैं बनीबुतो गरेर खान्छु, मसग २० लाख त के आज २० रुपैंया पनि नहोला,'एक्लो छोराको जीवनरक्षा गर्न काठमाडौंमा हारगुहार गर्दै आएकी दुर्गाबहादुरकी आमा ६४ बषिर्या मनकुमारीले कान्तिपुरसग भनिन्-'सरकारले मेरो छोरालाई बचाइदेओस्, मेरो बिन्ती छ ।' सरकारले 'ब्लड-मनी' बापत केही पैसा राखेपछि प्रवासी नेपाली समन्वय समितिलगायतका संस्थाले आवश्यक थप रकम संकलन गर्न पहल गर्ने भएका छन् ।
No comments:
Post a Comment