Thursday, June 21, 2012

विज्ञापनबाट झुक्याएर महिलालाई दुव्र्यवहार र लुटपाट गर्ने पक्राउ

काठमाडौ, असार ७ - 'पोखरा र चितवनमा लेडिज मोडल चाहियो', 'अफिसमा लेडिज रिसेप्सिनिष्ट र क्यासियरचाहियो,' भन्दै राष्ट्रिय दैनिक पत्रपत्रिकामा मोबाइल नम्बर सहितको विज्ञापन छापी महिलालाई झुक्याएर बोलाई यौन दुव्र्यवहार र लुटपाट गर्ने एक जनालाई प्रहले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको कालिमाटी सेल र कालिमाटी वृतले दैलेखका थुमबहादुर चन्दलाई पक्राउ गरेको छ ।
डिएसपी टेकबहादुर तामाङका अनुसार उनले विज्ञापनमार्फत झुक्याउँदै काठमाडौं र पोखरामा महिलामाथि यौन दुव्र्यवहार र लुटपाट गर्ने गरेको प्राम्भक अनुसन्धानबाट खुलेको छ । चन्दले गत जेठ १२ गते एक राष्ट्रिय दैनिकमा लेडिज रिसेप्सनिष्ट, क्यासियर, तथा पोखरा र चितवनमा मोडल चाहिएको विज्ञापन छापेका थिए ।
विज्ञापनमा उल्लेखित मोबाइल नम्बर डायल गरेर जागिर खान गएकी एक युवतीलाई चन्दले यौन दुब्र्यवहार गरेका छन् । उनले टोखाकी एक युवतीलाई जागिर लगाइदिने भन्दै बोलाएर दुब्र्यवहार ग उनले लगाएका सबै गरगहना लुटेर लगेका छन् । 'फोनमा कुरा भएपछि ती युवती जागिरका लागि अन्तर्वार्ता दिन पतिसंग त्यहाँ गइछन्,' डिएसपी तामाङले भने 'त्यो दिन सामान्य सोधपुछ भनेर भोली पुन अन्तर्वार्ता लिने भन्दै पठाएछ ।'
उनले भाटभटेनी सुपरमार्केटको नयाँ शाखा कलंकी र कोटेश्वरका लागि क्यासियर चाहिएकाले जागिर लगाइदिने आश्वासन दिएका थिए । भोलीपल्ट ती महिला एक्लै जागिर पाउने आशमा त्यहाँ पुगेकी थिईन् । चन्दले कंलकीको लुम्बिनी गेष्टहाउसमा बोलाएर अफिस माथिल्लो तलामा छ भन्दै लिएर गएका थिए । होटलको कोठामा पुगेपछि ढोका बन्द गरेर दुब्यर्वहारको प्रयास गरेका थिए ।
युवती कराउन थालेपछि जुत्ताको मोजा भित्रबाट चक्कु निकालेर आफु गुण्डा भएको बताउँदै कराएमा ज्यान मार्ने धम्की दिएका थिए । 'जबरजस्ती गरेपछियुवतीसंग भएका सुनका गरगहना, मोबाइल फोन सबै लुटेर बाथरुमभित्र थुनेर भागेछ,' तामाङले भने 'युवतीले बाथरुम भित्रबाट धेरैबेर कराएपछि मात्र बाहिरका ब्यक्तिहरुले सुनेर ढोका खोलेछन्।'
चन्दले युवतीसंग भएको एक तोलाको सुनको सिक्रि, आधा तोलाको कानमा लगाउने रिङ, नगद २ हजार र मोबाइल फोन लगेको प्रहले जनाएको छ । पीडित युवतीले कालिमाटी प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाईपक्राउ गरेको हो । चन्दले यसअघि पनि विभिन्न स्थानमा गएर स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकामा विज्ञापन छापी त्यहिमार्फत युवतीहरुलाई फसाउँदै आएको प्रहरीले जनाएको छ ।
'उसको सम्पर्कमा गएर दुव्र्यवहार भएका युवतीहरुलाई पुनः ब्ल्याकमेलसमेत गर्ने गरेको रहेछ,' तामाङले भने 'हरेक विज्ञापनमा फरकफरक मोबाइल नम्बर राख्ने गरेको पाइयो ।' चन्दले जागिरका लागि नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र र फोटो ल्याउन लगाई पीडितहरुकै फोटो र नागरिकताबाट नयाँ सिम लिने गरेका थिए ।
काठमाडौंमा ठगी गरेपछि चन्द पोखरा पुगेका थिए । त्यहाँ पनि उनले स्थानीस्तरको पत्रिकामा विज्ञापन प्रकाशित गरि काठमाडौंमा जस नै ठगि गरेका थिए । पोखराको महेन्द्रपुलस्थित एक कार्यालयलाई महिला कर्मचा चाहिएको र ७ हजार रुपैंया तलब दिने भन्दै विज्ञापन छापेर मोबाइल नम्बर दिएका थिए । त्यो नम्बरमा सम्पर्क गरेर जागि खान गएकी कास्की छारेपाटनकी एक युवतीलाई पृथ्बी चोकमा बोलाएर बसपार्कको एक होटलमा लगि यौन दुब्र्यवहार गर्दै गरगहनाहरु लुटेर भागेका थिए ।
चन्दको मोबाइल कल डिटेलका आधारमा अन्य पीडीतलाई सम्पर्क गर्दा उनीहरुले आफ्नो नाम बाहिर सार्वजानिक नगदिन र चन्दका बिषयमा कुरा नगर्न आग्रह गरेका थिए । प्लस टु उत्तिर्ण २३ बर्षे चन्दले आफू राष्ट्रिय अनुसन्धानको असई भएको बताउँदै विभिन्न व्यक्तिलाई सेनामा जागिर लगाइदिने भनेर पनि ठगी गरेको भेटिएको छ ।
सेनामा जागिर लगाइदिनने भन्दै सल्यान माझकाडाकाबनबहादुर ओलीबाट २ लाख रुपैंया लिएर उनी फरार भएको प्रह अनुसन्धानमा खुलेको हो । प्रहले चन्दको डेराबाट नेपाली सेनाको फस्ट राइफल बटालियन भरतपुर चितवनबाट तालिम लिएको प्रमाणपत्र फेला परेको छ । त्यहाँ उनले रिक्रुट, बेसिक, सेक्युरिटी र (ओवेपन) एसएमजी, एलएमजी, एसएलआर र पेस्तोल चलाउनेसम्बन्धी तालिम लिएको देखिएको छ ।

No comments:

Post a Comment