Sunday, June 24, 2012

प्रहरीमा राजीनामा लहर

विराटनगर, असार १०-नेपाल प्रहरीमा कार्यरत आधिकांश प्रहरीले नोकरी अवधि नपुगी बीचमै धमाधम राजीनामा दिन थालेका छन्। वर्तमान सरकारले प्रहरीले नोकरी छोड्दाको अवधिमा उनीहरुले पाउनेऔषधि उपचार रकम खर्चबापत एकमुष्ट रकम नदिने निर्णय गर्ने तयारी गरेको भन्ने हल्ला बाहिर आएपछि यो निर्णय हुनु अगाडि नै राजीनामा दिन थालेका हुन्।
प्रहरीले नोकरी खाएपछि नोकरी छाड्दाको अवस्थासम्म उपचार खर्च भनी रु दुई लाख ५० हजार भन्दा बढी रकम पाउने व्यवस्था थियो।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीले पुष्टि गरे।'प्रहरीले राजीनामा दिइरहेका हुन्', उनले भने- 'तर उपचार खर्च कटाउने कुरा हल्ला मात्र हो भनेर भनिरहेको छु, केन्द्रको परिपत्र देखाउँदा पनि राजीनामा दिइरहेका छन्।'
प्रहरीले पाउने सुविधा सरकारले कटाउन सक्दैन र कटाएमा सर्वोच्च अदालतमा मुद्दा पर्छ र सर्वोच्च अदालतले सुविधा दिने आदेश दिन्छ उपरीक्षक शाहीको भनाइ छ। तर पनि राजीनामा दिने क्रम नरोकिएपछि प्रहरीमा तालिम प्राप्त जनशक्तिका अभाव हुने देखिएको छ। रासस

No comments:

Post a Comment