Sunday, June 24, 2012

मलेसियाविरुद्ध १०७ रन अन्तरले नेपाल विजयी

- मलेसियामा भइरहेको एसीसी यु १९ एसिया कपमा नेपालले मलेसियालाई १०७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४८ रन बनायो।
प्रतिउत्तरमा २४९ रनको लक्ष्य पछ्याएको मलेसियाले ४३ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो।
नेपालको इनिङमा सागर पुनले ४ चौका र ३ छक्कासहित ७० रन बनाए। त्यसैगरी राजेश पुलामी मगर र प्रदीप ऐरी ३९-३९ रन बनाए। त्यसैगरी सुवास खकुरेलले ३३ रन, भुवन कार्कीले २३ र हसिम अन्सारीले २१ रन बनाए।
नेपालका लागि राहुल विश्‍वकर्माले सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरको खेलमा ३० रनमात्र दिएका थिए। त्यस्तै कप्तान पृथु बास्कोटाले २ र अभिनास करणनले २ विकेट लिए।
शनिबारको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।

No comments:

Post a Comment