'अखण्डता, जातीय सद्भाव कायम राख' -
उजिर मगर, काठमाडौं, जेठ १० - राष्ट्रपति रामवरण यादवले नेपाली सेनाको छविलाई कायम राख्दै प्रदूषित राजनीति हावा पस्न नदिन निर्देशन दिएका छन्। नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको उद्घाटन गर्दै राष्ट्रपति यादवले राजनीतिक दलहरुको कार्यशैलीप्रति भने चिन्ता व्यक्त गरे।
'नेपाली सेनाको उच्च छविलाई कायम राख्दै यसभित्र प्रदुषित राजनीतिक हावा नछिरोस्,' यादवले भने।
उनले सबै राजनीतिक दलहरु मिलेर जानुको विकल्प नभएकोसमेत बताए। एमाले, कङ्ग्रेस र मधेशवादी दलहरु पहिलेदेखि नै सहकार्यमा रहेको तथा पछिल्लो समय एकीकृत नेकपा माओवादीसमेत एक हुनुको विकल्प नरहेको उनको धारणा थियो। देशको अखण्डता, बहुजातीय एकता र सद्भाव कायम राख्न दलहरुलाई उनको आग्रह थियो।
No comments:
Post a Comment