बरुण पनेरु, डडेल्धुरा, जेठ १०- डडेल्धुरामा पछिल्लो समय २ सय वटा सरकारी तथा गैरसरकारी जंगलमा आगलागी भएको छ। चुरे र महाभारत क्षेत्रका करिब २ सय वन आगलागी भएको जिल्ला वन कार्यालयले जनाएको छ।
'डडेल्धुराका अधिकांश वनमा आगलागी भएको छ।' जिल्ला वन कार्यालयका नायब सुब्बा करुणाकर अवस्थीले भने, 'एक सय भन्दा बढी वनमा आगलागी भएको हो।' भित्री मद्येश क्षेत्रका अधिकांश वनमा आगलागी भएको छ, उनले भने। वनमा अत्यधिका आगलागी भएका कारण नियन्त्रण पनि लिन नसकिएको जिल्ला वन कार्यालयले जनाएको छ।
भित्रीमद्येशका आलिताल, शिर्ष र जोगबुढाका एक सय भन्दा बढी सामुदायिक तथा सरकारी वनमा आगलागी भएको छ। जिल्लाको महाभारत क्षेत्रमा पर्ने तीन दर्जन बढी जंगलमा पनि भिषण आगलागी भएको छ।
गर्मीको मौसम भएका कारण अधिकांश जंगलमा आगलागी बढी भएको हो। सदरमुकाम नजिकैका ६/७ वनमा पनि आगलागी भएको छ। दुई साता देखि डडेल्धुरामा लागेको अगोले डडेल्धुराका दुई वटा सामुदायिकलाईछोएको छ। आगलागीका कारण जंगलमा रहेको करोडौंको काठ जल्न थालेको जिल्ला वन कार्यालयले जनाएको छ।
जिल्लाको भित्रिमधेस क्षेत्रको पश्चिमी चुरे वनक्षेत्रमा भिषण आगलागी भएको छ। आगलागीका कारण सो क्षेत्रका चार दर्जन बढी सामुदायिक वनहरुमा रहेका काठ जल्न थालेको छ।
No comments:
Post a Comment