Thursday, May 31, 2012

राष्ट्रस‍ंघको सुरक्षा परिषदमा नेपालको चर्चा

जेठ १८- संयुक्त राष्ट्रसंघले नेपालको शान्ति तथा सुरक्षा अवस्थालाई विशेष चासो दिँदै सुरक्षा परिषदमा छलफल गरेको छ। राष्ट्रसंघका महासचिव बान कि मुनले एक विज्ञप्तिमार्फत् 'संविधान जारी नगरी संविधानसभा भंग गरेको' भन्दै निराशा व्यक्त गरेको भोलिपल्ट मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषदमा नेपालको राजनीतिक स्थितिबारे छलफल भएकोहो।
राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि लिन पास्कोले संविधानसभा विघटनपछिको राजनीतिक स्थितिबारे मंगलबार सुरक्षा परिषदमा जानकारी गराएका हुन्। पास्कोलेसुरक्षा परिषदको 'बन्द सभा'मा नेपालबारे जानकारी गराएको विभागको वेबपेजमा उल्लेख छ। तर, के जानकारी गराए खुलाइएको छैन। राष्ट्रसंघस्थित नेपाली स्थायी नियोगलाई समेत बैठकमा नेपालबारे के कस्तो जानकारी गराइयो थाहा दिइएको छैन।
'सुरक्षा परिषदमा के कस्तो ब्रिफिङ भयो बु‰ने प्रयास गर्दैछौं,' नियोग स्रोतले भन्यो, 'सुरक्षा परिषदमा नेपालको शान्ति तथा सुरक्षा स्थितिबारेछलफल हुँदैछ भनेर नियोगलाई पूर्वजानकारी दिइएकोथिएन।'
परराष्ट्र मन्त्रालय युएन महाशाखा प्रमुख दिपक धितालले पास्कोले सुरक्षा परिषदमा गरेको नेपालसम्बन्धी ब्रिफिङलाई 'निरन्तर प्रक्रिया' बताएका छन्। यसको औपचारिक जानकारी परराष्ट्रमा नआइसकेको उनले जानकारी दिए।
'राष्ट्रसंघीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिवलाई सुरक्षा परिषदमा विश्वका जुनसुकै देशको राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पाउने अधिकार हुन्छ,' धितालले नागरिकसँग भने।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ठूला राजनीतिक परिवर्तन तथा घटनापछि देशको शान्ति सुरक्षामा पर्न सक्ने नकारात्मक प्रभावलाई लिएरसुरक्षा परिषदमा छलफल हुने गर्छ। संविधान जारी गर्न नसकी जेठ १४ गते मध्यरात संविधानसभा विघटन भएपछि नेपालको शान्ति सुरक्षामा खलल पुग्ने किसिमका कुनै घटनाक्रम विकास भएका छन् कि भन्ने आशंकामा सुरक्षा परिषदको छलफलमा नेपालले प्रवेशपाएको हुनसक्ने स्रोतले बतायो।
यसअघि नेपालबाट फिर्ता भइसकेको राष्ट्रसंघीय मिसन अनमिनकी तत्कालीन प्रमुख करिन लनग्रेनले सुरक्षा परिषदमा नेपालबारे गरेको ब्रिफिङ निकै विवादास्पद बनेको थियो। उनले नेपालमा 'कू' हुनेसम्मको चेतावनी दिएकी थिइन्।
अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा मामिलामा निगरानी राख्ने सुरक्षा परिषद राष्ट्रसंघको प्रमुख निकाय हो। सुरक्षा परिषदमा भिटो पावर भएका पाँच स्थायी सदस्य राष्ट्र र अन्य १० अस्थायी सदस्य राष्ट्र रहने गर्छन्। अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र हुन् भने अस्थायी सदस्यमा भारत पनि छ।
अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार सम्पन्न सुरक्षा परिषदको बैठकमा पास्कोले संविधानसभा विघटनपछि नेपालको शान्ति तथा सुरक्षा अवस्थाबारे जानकारी गराउँदासम्पूर्ण स्थायी र अस्थायी सदस्य राष्ट्रका प्रतिनिधि उपस्थित थिए।

No comments:

Post a Comment