Wednesday, May 9, 2012

मलेसियाविरुद्ध नेपाल १ विकेटले विजयी

एसिसी यु-१६ इलाइट कप क्रिकेटको सेमिफाइनल पुगेको नेपालले आज मलेसियालाई १ विकेटले पराजित गरेको छ। लगातार चौथो विजय प्राप्त गरेको नेपाल समूह विजेता बनेको छ।
आजको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३७ दशमलव १ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो। नेपाल ३९ ओभरमा ९ विकेट गुमाउँदा विजय लक्ष्य १ सय४० रन बनायो। नेपालका ए बिष्टले अविजित ५४ रन बनाए।

No comments:

Post a Comment