Friday, May 25, 2012

अखण्ड सङ्खुवासभा टोली काठमाडौंमा, धनकुटा र भोजपुरमा प्रदर्शन

धनकुटा, जेठ १२- प्रदेश बनाउँदा सङ्खुवासभालाई टुक्राउन नहुने भन्दै आन्दोलन गरिरहेका सङ्खुवासभाबासीहरु सरकारसँग वार्ताका लागि काठमाडौं पुगेका छन्। प्रदेश निर्माण गर्दा सङ्खुवासभालाई टुक्राउने प्रस्ताव आएपछि एक हप्ता अगाडीदेखि उनीहरु आन्दोलित थिए।
सङ्घर्ष समितिलाई सरकारले वार्ताका लागि बोलाएको हो।
सरकारी वार्ता टोलीका संयोजक तथा शान्ति मन्त्री टोपबहादुर रायमाझीले हस्ताक्षर गरी पठाइएको पत्रमा ५ सदस्यीय वार्ता टोली बनाएर आउनका लागि भनिएको सङ्खुवासभा सङ्घर्ष समितिका संयोजक अनन्त गौलीले बताए। बिहीबार वार्ताका लागि औपचारिक पत्र आएपछि शुक्रबार सङ्खुवासभाबाट वार्ताका लागि अनन्त गौली, नारायण कटुवाल र तारामान गुरुङ काठमाडौं पुगेका छन्।
धनकुटा र भोजपुरमा प्रदर्शन जारी
प्रादेशिक राज्यको राजधानी धनकुटालाई बनाउन मागगर्दै शुक्रबार धनकुटामा जुलुस प्रर्दशन गरिएकोछ। शुक्रबार आन्दोलन सुरु गरेको १४ औं दिन पनि धनकुटालगायत पूर्वका जिल्लाहरुलाई अखण्ड राखी धनकुटालाई राजधानी बनाउन उनीहरुले माग गर्दै जुलुस प्रर्दशन गरेका हुन्।
बिहीबार नकालिएको जुलुसले धनकुटा बजार परिक्रमागरी मदनचौकमा कोणसभा गरेको थियो। धनकुटामा भएको प्रदर्शनमा बजारबासी, राजनीतिक दलका कार्यकर्ता, सामाजिक सङ्घ\संस्था र युवाहरुको सहभागिता थियो। त्यस्तै हिले, पाख्रीबास र सिधुवाबजारमा समेत स्थानीयबासीले राजधानी धनकुटालाई बनाउन माग गर्दै प्रर्दशन गरेका छन्।
त्यसैगरी अखण्ड भोजपुर हुनपर्ने माग गर्दै छैटौं दिन पनि भोजपुर बजारमा बन्द र प्रदर्शन जारी छ। भोजपुर बचाउ सङ्घर्ष समितिले गरेको बन्दले भोजपुरको जनजीवन समेत प्रभावित भएको छ।

No comments:

Post a Comment