जेठ १२- गाईवस्तुलाई घाँस काट्न गएकी महिलाको भीरबाट खसेर मृत्यु भएको छ। पश्चिम रुकुमको गरायला गाविस-९ की १८ वर्षीया लीला बिसीको यसरी मृत्यु भएको हो। शुक्रबार बिहान घरबाट वस्तुभाउलाई घाँस काट्न गएका बेला उनी स्थानीय टुरा भीरबाट खसेकी थिइन्। गम्भीर घाइते भएकी बिसीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
स्थानीय जीवन बिसीले दिएका जानकारीअनुसार लीला करिव दुई सय मिटर तल खसेकी थिइन्। अधिकांश ग्रामीण महिला कृषि र पशुपालनमा निर्भर हुने भएकाले रुकुममा वर्षेनी धेरै महिला भीर र रुखबाट लडेर ज्यान गुमाउँदै आएका छन्।
No comments:
Post a Comment