Sunday, May 6, 2012

'बाढीले नै हुत्याएर पाखा लगाइदियो’

काठमाडौ, वैशाख २४ - मेरो घर सार्दिखोला-३ मा पर्छ । म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) मा चौकिदार हुँ । सधैंझैं आज (शनिबार) पनि कामको सिलसिलामा खारापानीमा थिएँ ।
त्यस्तै पौने १० बजेतिरको कुरा हो । म बाहिर बसपार्कमा बसिरहेको थिएँ । एक्कासि बाढी आएको देखें । त्यतिबेला तातोपानी कुण्डमा २० जनाजति डुबिरहेका थिए । होटल र पसलमा समेत गरी ४०/५० जनाजति थिए । हवाईजहाज कराएजस्तो आवाज आयो । कोहीबाघ आयो त कोही मृग आयो भन्दै थिए । बेस्सरी चिच्याएर भागांै भन्दै म पनि दगुरें । मेरो बोली सुन्नेजति भाग्न सफल भए । कोही माथितिर गए, कोही भने पुल तरेर माछापुच्छ्रे गाविसतिर लागे ।
म चिप्लेटीतिर झन्डै डेढ सय मिटर टाढा सडकमा दगुर्दै थिएँ । बाढीले भेट्टाएर कुनामा हुत्ताइदियो । धन्य, त्यही हुत्ताईले म पाखोमा पुगेर बाँच्न सफल भएँ । आधाजति भागेजस्तो लाग्छ ।अरूलाई बगायो ।
- उदयबहादुर गुरुङ
(लालप्रसाद शर्मासँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: २०६९ वैशाख २४ ०९:०८

No comments:

Post a Comment