Saturday, May 26, 2012

बानेश्‍वरमा तनाव, ब्यापक सुरक्षा चासो

जेठ १३- जेठ १४ आउन केहीघन्टामात्र बाँकी रहँदा जनजाति महासंघको आयोजनामा विभिन्न जातीय समुदायले संविधान सभा वरिपरि धर्ना दिएका छन्। धर्नाका क्रममा नयाँ बानेश्‍वर क्षेत्रमा सवारी आवतजावत ठप्प भएको छ। त्यस्तै केही अप्रिय घटना हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ। संविधान वरिपरि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ।
नयाँ बानेश्वरको शान्तिनगर क्षेत्रमा ताम्सालिङ समुदायदे धर्ना दिएका छन् भने बुद्धनगर क्षत्रेमा तमुवानले धर्ना दिइरहेका छन्। त्यस्तै शंखमूल जाने बाटोमा थारु तथा किराती समुदायले धर्ना दिइरहेका छन्।
धर्ना बसेकाहरुले सरकार र जनजाति महासंघबीच भएको ९ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने मुख्य नारा लगाइरहेका छन्। त्यस्तै 'भ्रष्टाचारीलाई फाँसी दे', 'जातीय पहिचानसहितको संघीयता कायम गर', जातीय संघीयता बिनाको संविधान मान्दैनौं', लगतयका नारा लगाइरहेका छन्।
थारु संघर्ष समितिका अध्यक्ष चन्द्रकुमार चौधरीले अबको संविधानमा थारुको पहिचानसहितको राज्य हुनुपर्ने अडान राखेका छन्। नागरिकन्युजले तपाइँहरुको माग पूरा नभए के गर्नुहुन्छ भन्ने जिज्ञासा राख्दा उनले भने, 'थारु पहिचानसहितको संविधान नलिएर हामीले त्यो संविधान मान्दैनौं र हामीले त्यसो संविधान जलाउने छौं।'
त्यस्तै किरात संघर्ष समितिका अध्यक्षले हामीलेनाजायज माग नराखेको र हाम्रो माग कुनै पनि हालतमा पूरा गर्नुपर्ने अडान राखेका छन्। अबको नयाँ संविधानमा जातीय पहिचानसहितको संविधान नल्याए शसक्तरुपमा आन्दोलन चर्काउने उनले बताए।

No comments:

Post a Comment