Tuesday, May 29, 2012

नयाँ निर्वाचनको घोषणा गर्नु महत्वपूर्ण कदम–अध्यक्ष थापा | मुख्य समाचार

१६ जेठ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले संविधानसभाको विघटन गरी नयाँ निर्वाचनको लागि घोषणा गरेको तिथिले जनताको अधिकार स्थापना गर्न महत्वपूर्ण कदम भएको बताएका छन् । पार्टीले हिजो यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले जनताको सर्वोच्चता कायम गर्ने एकमात्र विकल्पका रूपमा ताजा जनादेश भएकाले सम्पूर्ण दलहरूले नयाँ निर्वाचनमा भाग लिन आवश्यक रहेको बताए ।
अध्यक्ष थापाले ठूला राजनीतिक दलहरूको सत्ता केन्द्रित गतिविधिले संविधानसभाले निर्धारित समयमा संविधान जारी गर्न नसकेको टिप्पणी गर्दै सरकारले गृहकार्य बिना र एकपक्षीय ढङ्ले निर्वाचन गराउन खोजेकोमा पार्टीले सो विषयमा असहमति राख्ने उल्लेख गरे । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि स्वतन्त्र व्यक्तिहरू सम्मिलित निष्पक्ष सरकार गठन गर्नुपर्नेमा जोड दिए ।
पार्टीका नेता चन्द्रबहादुर गुरुङले निर्धारित समयमा संविधान जारी हुन नसक्दा मुलुकमा संवैधानिक रिक्तता कायम भएकाले त्यसलाई पूर्ति गर्न सम्पूर्ण राजनीतिक दल जिम्मेवार हुन गरे । पार्टीका प्रचारप्रसार विभाग प्रमुख राजाराम श्रेष्ठले तत्कालीन माओवादी र सात दलका बीचमा विसं २०६२ मङ्सिर ७ गते भएको १२ बुँदे समझदारीबाटनिर्माण भएको मार्गचित्र असफल सिद्ध भएको भन्दै अहिलेको राजनीतिक अन्योलताको अन्त्य गर्न राजनीतिक दलहरू ताजा जनादेशमा जान तयार हुनुपर्ने बताए । यसअघि पार्टीले बबरमहलबाट माईतीघर, त्रिपुरेश्वर, नयाँसडकहुँदै बसन्तपुरसम्म ¥याली निकालेको थियो ।

No comments:

Post a Comment