Thursday, May 10, 2012

बन्दले वार्ता टोली बाटैमा रोकिए

गुलरिया, वैशाख २८ - सरकार संग वार्ता गर्न काठमाण्डौ जान लागेका अखण्ड सुदूरपश्चिमका वार्ताटोली बर्दियाको बासगढीमा रोकिएका छन् । ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोधमा र अखण्ड मध्यपश्चिम समर्थकले आहृवान गरेको बन्दका कारण पुर्वपश्चिम राजमार्ग स्थित बासगढीमा रोकिएका हुन ।
प्रहरीले वार्ता टोलीलाई गन्तव्य सम्म पुराउन सकेका छैन । आज विहान २ बजे महेन्द्रनगरबाट हिडेका वार्ता टोली सहित करिब दुई दर्जन सवारीका साधन बन्दकर्ताले रोकेपछि स्थिति तनावपुर्ण रहेको छ । वार्ताटोलीमा ५२ जना सदस्य रहेकाछन् । १४ दिन देखि सुदूरपश्चिम लगातार बन्द रहेको छ ।
प्रकाशित मिति: २०६९ वैशाख २८ १०:४७

No comments:

Post a Comment