Sunday, May 27, 2012

: अन्तत सबिधान बन्ने निश्चित, १० प्रदेश र १ केन्द्र शासित प्रदेशमा सहमति

अन्तत सबिधान बन्ने निश्चित, १० प्रदेश र १ केन्द्र शासित प्रदेशमा सहमति  (२०६९ ज्येष्ठ १४, आइतवार)
4:15:- प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन्। बालुवाटारबाट निस्केका नेताहरु अब सिंहदरबार जानेछन्। सिंहदरबारमा संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा निर्णायक छलफल हुने छ।
4:03:- ४६ सञ्चारकर्मी लाइभ गर्दै। प्रधानमन्त्री निवास बालुवाटारको भित्री भागबाट अनलाइन, रेडियो, टिभीका ४६ जना सञ्चार कर्मीले लाइभ अपडेटगराइरहेका छन्। प्रधानमन्त्री कार्यालयको सुरक्षा स्रोतका अनुसार अरु सञ्चारकर्मी गेट बाहिर बसेका छन्।
4:02 संविधानमा सहमति हुन लागेको संकेत मिलेको छ। प्रधानमन्त्री निवास बालुवाटार अनुसार १० प्रदेश र १ केन्द्र शासित प्रदेशमा दलहरु सहमति नजिक पुगेका छन्। 'माओवादी स्रोतका अनुसार यस्तोजानकारी आएको छ। लोकेन्द्र विष्टले पनि अब संविधानसभा भवन जान लागेको बताएका थिए', उनले भने।
3:40:- संविधानसभाको आयु ८ घण्टा बाँकी। ११ बजे बस्ने भनेको संविधानसभा बैठक अहिलेसम्म बस्न सकेको छैन। केही अघि बैठक माग गर्दै सभासदहरुले संविधान सभा भवन नयाँ वानेश्वरमा जुलुश निकालेका छन्। उनीहरुले कोणसभा गरी आफूहरुलाई 'भेंडाबाख्रासरह' बनाइएको भन्दै शीर्ष नेताको आलोचना गरेका छन् ।

No comments:

Post a Comment