Sunday, May 27, 2012

शीर्ष दलको जारी बैठक सकारात्मक मोडमा

काठमाडौ, जेष्ठ १४ । संविधान सभाको म्याद सकिन केहि समय मात्र बाँकि रहेको अवस्थामा शीर्ष दलको बैठक सकारात्मक मोड तर्फ उन्मुख भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहानैदेखि जारी बैठकमा विवादित ११ प्रदेशको नामांकन र सिमांकनकै नजिक सहमति हुने प्रवल सम्भावना रहेको स्रोतले बताएको छ । बैठकमा माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुले सहभागीता जनाएका छन् ।
११ प्रदेशको सहमतिमा मधेशी मोर्चाले भने कडा बिरोध जनाउँदै आएको छ ।
यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्नुभएको थियो

No comments:

Post a Comment