Thursday, May 24, 2012

‘बोक्सी’ बन्न भान्जाको बलि

सञ्जय कार्की/ गौर,रौतहट / बोक्सिको आरोपमा महिलाहरूले हिसा ब्यहोर्नु परेको घटना सबैले सुन्दै आएका हुन्, तर यहाँ भने बोक्सी बन्नकै लागिएक महिलाले ३ बर्षीय बालकको हत्या गरेकोे खुल्न आएको छ।
बोक्सी बन्नकै लागि बालकलाई मंदिरमा लगी हत्या गरेर बली दिएको समेत खुल्न आएको छ। बोक्सी प्रथालाई अन्धबिश्वासको रुपमा लिदै महिलामाथि हिंसा नहोस् भन्न सरकारले कानुन बनाइसकेको अबस्थामा यहाँ भने बोक्सि बन्न एक बालकको हत्या भएपछि समाज कुन अवस्थामा छ भन्ने प्रश्न उठेको छ।
धामी झाँक्रीको काम गर्दै आएका समनपुर गाबिस–८ हरैयाका छबिलाल राय यादबले सोही गाबिस निबासी महादेबी यादबलाई बोक्सी मन्त्र सिकाउने क्रममा उनकै ३ बर्षिय भान्जा नीतेश यादबको घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ। बालकको हत्या आरोपमा माइजु महादेबी यादबलाई प्रहरीले पक्राउ गरेको छ। गत शनिबार ती बालक हराएको भन्दै माइजु महादेबी र धामी काम गर्ने छबिलाल यादबले सोही राति १२ बजे नजिकैको मंदिरमा पु¥याई घाटी रेटेर बली दिएको पक्राउ परेकी महादेबीले बताइन्।
उनले भनिन्– धामी छबिलालले ३ बर्षिय भान्जा नीतेशको घाँटी रेटेर टाउको र शरीर आफनै अगाडी छिनाईदिएका हुन। उनका अनुसार खुकुरीले रेटेर घाँटी छिनाउँदा रगत बगेको थिएन। मन्त्र पढेर चामल छर्केपछि एकोहोरो रगत बगेको थियो। प्रहरीले जानकारी नपाओस् भन्न बालकको टाउको समनपुर गाबिस–ं ८ स्थित बाग्मती नदी किनारको चोकर घाटमा फालेर शरीर भने आफनै घरभित्र गाडेको उनले बताइन्। उनले भनिन्– भान्जापछि आफनो छोराकोबली दिनसमेत ती धामीले भनेको तर पहिले नै आफु पक्राउ परेको उनले जानकारी दिइन्। धामी भने फरार रहेका छन।
सर्लाहीस्थित मानपुर —९ निवासी गणेश राय यादवका छोरा नीतेश आफनो आमासंगै मामाघर आएको बेला यो घटना भएको हो। प्रहरी उपरीक्षक ठुले राईले यस प्रकारको घटनाले समाजमा कुप्रथा कायमै रहेको स्पष्ट गरेको बताए। घटनामा संलग्न रही फरार रहेकाको समेत खोजीकार्य भैरहेको उनले बताए।

No comments:

Post a Comment