Thursday, May 24, 2012

सर्पले डस्दा २ जनाको मृत्यु

हेटौंडा, ९ जेठ । सर्पदंशबाट मकवानपुरमा दुई जनाको मृत्यु भएको छ । ठिंगन गाबिस वडा नं. ८ मा ३५ बर्षीय मानबहादुर बिक र छतिवनको कान्द्राङमा ४५ बर्षीया कान्छीमाया स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घिसिङलाई उपचारका लागि अस्पताल लगिंदै गर्दा बाटोमानै ज्यान गएको हो । स्याङ्तानको भने झाँक्रीकहाँ उपचार गराउने क्रममा मृत्यु भएको उनको परिवारले बताएको छ । दुबै जनालाई घरमा काम गरिरहेको बेला सर्पले डसेको थियो ।
दुबैलाई उपचारका लागि हेटौंडा ल्याउने प्रयासमापरिवारजन रहेपनि बन्दका कारण कुनै प्रकारका सवारी नचल्दा मंगलवार गाउँमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
तपाईंको प्रतिक्रिया

No comments:

Post a Comment