Friday, May 11, 2012

दुई वृद्धाको हत्या गरेर गहना लुट्नेहरु पक्राउ

, पाल्पा, बैशाख २९, पाल्पा चिर्तुङधारा-८ का ७० वर्षीया कुमारी गाहा र ६५ बर्षीया भुनीकला गाहाको हत्या गर्ने दुईजना पक्राउ परेका छन्।
एकसाता पहिले घर नजिकैको जंगलमा दुई बृद्धा मृत भेटिएका थिए। हत्याराले बृद्धाले लगाएका गहना लुटेका थिए।
तानसेन नगरपालिका-८ भगवती टोलबाट अर्घाखाँची खन गाविस-१ लुटीपोखरीका १९ बर्षीय राज भन्ने तुलसी विक र तानसेन नगरपालिका-८ भगवती टोलका १७ बर्षीय रोहित शाहीलाई प्रहरीले पक्राउ गरेका छ। शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले दुवैलाईसार्वजनिक गरेको हो। 'दुवैले मिलेर हत्या गरेको स्विकारेका छन्,' प्रहरी नायव उपरिक्षक मीरा चौधरीले भनिन् 'लुटेका गहना बरामद भएका छन्, मृतकका परिवारलाई गहना देखाएर परीक्षण पनि गर्‍यौं हो रै'छ।'
बिक र शाहीलाई शुक्रबार बिहान करिव ४ बजे तानसेनबाट पक्राउ गरिएको हो। डिएसपी चौधरीले जिल्ला अदालतबाट एकसाता हिरासतमा राख्ने म्याद लिएर उनीहरुमाथि अनुसन्धान थालेको छ।
प्रतिक्रियाहरू दुई वृद्धाको हत्या गरेर गहना लुट्नेहरु पक्राउ

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment