Monday, May 28, 2012

प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इटहरी, जेठ १५- नयाँ चुनाव घोषणा गर्नु अवैधानिक भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको सुनसरी दुहबीमा सोमबार पुत्ला दहनगरिएको छ। दुहबी बजारमा जुलुस प्रदर्शन गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारको पुत्ला दहन गरिएको हो।
सुनसरीको दुहवी गृहमन्त्री गच्छदारको क्षेत्र हो। दुहवीमा गच्छदारको प्रभाव रहेपनि उनीविरुद्ध जुलुस निकालेर पुत्ला दहन गरिएको थियो।
जुलुस प्रदर्शन गर्ने क्रममा सहभागीले प्रधानमन्त्री भट्टराई र गृहमन्त्री गच्छदारविरुद्ध चर्का नाराबाजी गरे।
प्रधानमन्त्री भट्टराईले आइतबार मध्यरातमा गरेको चुनाब घोषणा संवैधानिक, राजनीतिक र कानुनी रुपमा असंवैधानिक भएको भन्दै आदिवासी जनजाति मधेसी मुस्लिम गणतान्त्रिक गठबन्धन समूहको आयोजनामा पुत्ला दहन गरिएको हो। गठबन्धन समूहले तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने माग राखेर पछिल्लो दुई सातायता चरणबद्ध दबाबमूलक कार्यक्रम गर्दै आएको थियो।
पुत्ला दहनपछि आयोजित कोणसभाका वक्ताले प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरे।

No comments:

Post a Comment