काठमाडौं, जेठ १०- सरकार र थारु संघर्ष समितिबीच १० बुँदे सहमति भएको छ। बुधबार सिंहदरबारस्थित शान्ति मन्त्रालयमा भएको वार्तामा यस्तो सहमति भएको हो। सहमतिमा पूर्वी तराईका झापादेखि पश्चिम तराईका कञ्चनपुरसम्म तीन प्रदेशको खाका संविधानमा प्रवेश गराउने सहमति भएको समितिका संयोजक सन्तोष चौधरीले जानकारी दिए।
सहमतिसँगै समितिले गर्दै आएको आन्दोलनका कार्यमक्रमहरु फिर्ता भएको छ।
'तराईका २२ जिल्ला पूर्वी झापादेखि पश्चिम कञ्चनपुरसम्म तीन प्रदेश बनाउने सहमति भयो,' वार्तापछि संयोजक चौधरीले नागरिकन्युजसँग टेलिफोनमा भने, 'जसअनुसार झापा, उदयपुर र सिरहा पूर्वी थारुवान-थरुहट-कोचिला प्रदेश, धनुषादेखि पर्सासम्म मध्ये तराई-सिम्रनगढ प्रदेश र चितवनदेखि कञ्चनपुरसम्म थारुवान-थरुहट प्रदेश हुनेछ।'
उनले सरकारी वार्ता टोलीका संयोजक टोपबहादुर रायमाझीको भनाई उदृत गर्दै उनले भने- उहाँले हाम्रा मागलाई संविधान सभामा प्रवेश गराउने प्रतिबद्धता जनाउनुभयो।
No comments:
Post a Comment