Monday, April 23, 2012

प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकियो, चार बजे पुन: बस्ने

प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। बैठकमा नागरिकताको टुङ्गो लागेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। त्यसैगरी मिश्रित निर्वाचन प्रणाली अपनाउनेमा सहमति भएको छ भने संवैधानिक अदालतबारे पनि टुङ्गो लागेको छ।
सङ्घीय व्यवस्थापिकबारे भने टुङ्गो लागिसकेको छैन। समानुपातिक कति गर्ने र प्रत्यक्ष कति गर्ने भन्नेबारे सहमति हुन नसकेको जानकारी दिइएको छ। त्यसैगरी राज्य पुनर्संरचना र शासकीय स्वरुपबारे पनि छलफल भएको छैन।
बैठक पुन: चार बजे बस्ने जानकारी दिइएको छ।
प्रतिक्रियाहरू

No comments:

Post a Comment