Tuesday, April 24, 2012

पूर्व मन्त्रीसहित ८ सभासद् पक्राउ

काठमाडौं, वैशाख १२ (नागरिक) - राष्ट्रिय मुस्लिम सङ्घर्ष गठवन्धन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौं घेराउ गर्नेक्रममा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहित २३ जना लाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अन्सारीसहित ८ जना सभासद् रहेका छन् भने अन्य गठवन्धन समितिका सचिवालय सदस्य हुन्।
सङ्घर्ष समितिमा विभिन्न दलका जनवर्गीय संगठनसहित ३३ जना संघसंस्था रहेका छन्। संविधानमा पहिचान सुनिश्‍चित हुनुपर्ने माग गर्दै उनीहरुले ७५ वटै जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम छ।

No comments:

Post a Comment