Tuesday, April 24, 2012

तीस सभासद्ले छुट्टै राज्य मागे

काठमाडौं, वैशाख १२ - झापा, मोरङ र सुनसरीलाई छुट्टै कोचिला राज्य माग गर्दै सवै दलका तीस सभासद्ले ज्ञापन पत्र बुझाएका छन् ।
तीन सभासद्ले हस्ताक्षरसहित मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराई, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, माओवादी, कांग्रेस, एमाले, मधेसी दलका नेतालाई ज्ञापन पत्रबुझाएका छन् । यी तीन जिल्लामा आफ्नो राज्यमा हुनुपर्ने लिम्बूवान, खम्बुवान, मधेसी दलको माग छ।
कोचिला राज्य माग गर्नेमा माओवादी, कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिकलगायत सवै दलका सभासद् छन् । कोचिलाभित्रका कोचहरुको सदियौंदेखिको पहिचान स्थापिन गर्न स्वायत्त प्रदेश माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

No comments:

Post a Comment