Wednesday, April 25, 2012

चाउचाउ खाएर नभई पिसाबको समस्याबाट बिरामी परेको :अस्पताल | अन्य समाचार

१३ वैशाख , काठमाडौँ । राजधानीको शिक्षण अस्पतालमा भर्ना गरिएका खोटाङ दिक्तेलका दुई युवती चाउचाउ खाएको कारणले नभई पिसाबको कारण विरामी परेको शिक्षण अस्पतालले जनाएको छ ।
पाँच दिनअघि बिरामी परेका उनीहरूको जिल्लामा उपचार नभएपछि थप उपचारका लागि मंगलबार हेलिकोप्टरमार्फत शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
शिक्षण अस्पतालका चिकित्सक डा रमेश आचार्यले चाउचाउको सेवनबाट नभई पिसाबको समस्याले विरामी परेको र अहिले उनीहरूको अवस्था सामान्य रहेको बताए ।
दिक्तेल – ४ का १९ वर्षीया दिलमाया आचार्य र १४ वर्षीया जानुका आचार्यलाई थप उपचारका लागि मंगलबार राजधानी ल्याइएको थियो ।
चार दिनअघि खाएको चाउचाउले उनीहरू विरामी परेका होइनन् भन्नुहुँदै चिकित्सक आचार्यले एकैचोटी बाख्रा हराउनु र स्याल कराउनु संयोग मात्र हो भने।
शुक्रबार बेलुकी रमपम चाउचाउ पकाएर खाँदा उनीहरू विरामी गरेको भन्ने समाचार सत्य नभएको एसियन थाइ फुड्सका जनसम्पर्क प्रवन्धक वसन्तमानश्रेष्ठले स्पष्ट गरेका छन ।
तर एकाएक बेहोस बनेका उनीहरूको जिल्ला अस्पताल दिक्तेलमा तीनदिनसम्म उपचार गरिएपनि अवस्था बिगँ्रदै गएपछि राजधानी लैजानु परेको उनीहरूको आफन्तहरूले बताएका छन् ।
स्थानीयवासी र उनीहरूका आफन्तले यस घटनाबारे तत्काल छानबिन हुनुपर्ने बताएका छन् ।

No comments:

Post a Comment