२३ साउन, काठमाण्डौं । विशिष्ठ व्यक्तिको सवारीमा सडकमा खटिएका र
कार्यालय 'ड्युटी' मा रहेका प्रहरीले मोबाइल चलाउन नपाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले 'अनुशासनहीन' देखिएका भन्दै त्यसरी खटिएका
प्रहरीलाई ड्युटीमा बसुन्जेल मोबाइल प्रयोग नगर्न निर्देशन दिएको हो ।
कार्यालयले मातहतका इकाईलाई पत्राचार गर्दै सडकमा खटिने सादा पोसाक र
ट्राफिक प्रहरीलाई समेत ड्युटी अवधिभर फोन प्रयोग गर्न नदिन भनेको छ ।
'सेन्ट्री बसेका र सडकमा खटिएका प्रहरी मोवाइलमा व्यस्त हुँदा सुरक्षामा
ध्यान नपुग्नेप्रधानकार्यालयको निष्कर्ष रहेको कान्तिपुर दैनिकमा खरब छ ।
'हतियारसहित ड्युटीमा बसेको प्रहरीले मोबाइलमा कुरा गर्दा हतियारको
सुरक्षामा ध्यान हुँदैन,' प्रहरी प्रवक्ता डीआईजी नवराज सिलवालले
भने,'ड्युटी समयमा मोबाइलमा गेम खेल्नु र कुरा गर्नु प्रहरी आचरण विपरीत
हो ।'
ड्युटी समयमा सार्वजनिक स्थानमा धूमपान, रेस्टुरेन्ट वा चिया पसलमा बसेर
कुरा गरेको पाइए पनि कारबाही हुनेछ ।
No comments:
Post a Comment