Wednesday, August 7, 2013

बर्डफ्लु प्रभावित क्षेत्रमा स्वाइन फ्लु

२३ साउन, काठमाण्डौं । भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रका बासिन्दामा
बर्डफ्लु नदेखिए पनि स्वाइन फ्लुको संक्रमण भएको छ । सरकारले प्रभावित
क्षेत्रमा नमुना परीक्षण गर्दा स्वाइन फ्लु पुष्टि भएको हो ।
'नमुना परीक्षणमा बर्डफ्लु देखिएन,' इपिडिमियोलोजी तथा रोग नियन्त्रण
महाशाखाका निर्देशक डा. जीडी ठाकुरले भने, 'बरु उहाँहरुलाई स्वाइन फ्लु र
इनफ्लुएन्जा बी देखियो ।' परीक्षणका लागि ११ नमुना संकलन गरिएका १० जनामा
स्वाइन फ्लु देखिएको हो ।
डा. ठाकुरका अनुसार स्वाइन फ्लु हाल समुदायमा फैलिसके पनि यसबाट पुरै
आतंकित भने हुन पर्दैन । 'तर बालबालिका, गर्भवती महिला, बूढापाकालगायत
जोखिम समूहलाई भने निकै खतरा छ ।' महाशाखाले गत आइतबार उक्त क्षेत्रबाट
आफै परीक्षणका लागि आएका सात जना र थप चार जनाको 'थ्रोत स्वाव' को
नमुनापरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको कान्तिपुर
दैनिकमा खबर । भक्तपुरका ११ जनामा गरिएको परीक्षणमा डेढ बर्षे शिशुदेखि
७८ बर्षसम्मका थिए । तीमध्ये १० जनामा स्वाइन र इन्फ्लुएन्जा बी देखिएको
थियो ।

No comments:

Post a Comment