Sunday, July 28, 2013

राजतन्त्र फर्किने सम्भावना छैन तर एकताको प्रतिक चाहिन्छ : कटवाल

१३ साउन, काठमाण्डौ । पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले अहिले
राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । 'क्लियर कट कुरा हो,
अहिले राजतन्त्र फर्किने सम्भावना छैन । तर हामीले के कुरा बुझ्नुपर्छ
भने राजाका पछि लागेको मानिसहरु राष्ट्रबादी प्रजातन्त्रबादी मान्छे हुन्
।' कटवालले कान्तिपुर दैनिकलाई अन्र्तवार्ता दिंदै भनेका छन- 'ती अरु
पार्टीबाट वाक्क, दिक्क, प्याक्क, छक्क भएर राजाको पछि लागेका हुन् । म
तीनलाई राजाबादी भन्दिनँ, प्रजातन्त्रबादी हुन र तीनले बिकल्प खोजेका
हुन् ।'
आफुले राजा फर्काउने खालेको समाधान खोज्दै नखोजेको भन्दै कटवालले भनेका
छन-'हामीले संसारको गति बुझ्नुपर्दथ्यो, २१ सताब्दिमा १६ औं
सताब्दिकोजस्तो राजसंस्था राख्न खोज्दा जनताले, अन्तराष्ट्रिय समुदायले
बिरोध गर्नु स्वभाविक थियो । परिवर्तित हुने प्रसस्त मौका मिलेको हो,
त्यो हुन सकेन ।'
सक्रिय राजतन्त्रको बेलामा आफु राजाको सल्लाहकारको कोर ग्रुपमा रहेको
अस्वीकार गर्दै उनले आफुलाई रत्नले हुर्काएको भन्ने कुरा पनि गलतरहेको
बताए । उनले भने- नारायणहिटीमा म एक रात पनि सुतेको छैन ।'
राजसंस्था फालेकोमा आफुलाई पछुतो नलागेको तर फाल्ने बिधिर प्रकृया सही
नभएको कटवालको टिप्पणी छ । नेपाली सेनालाई एउटा परिवारको सेनाको रुपमा
प्रचार गरिएकाले आफु कुनै ब्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको
राष्ट्रिय सेना हो भन्ने सन्देश दिन राजासंस्था फाल्ने निर्णय मानेको
कटवालले बताए ।
९५ प्रतिशत जनता राजतन्त्रबादी
कटवालले अहिले पनि नेपालमा अहिले पनि ९० देखि ९५ प्रतिशत मानिसहरु
राजतन्त्रबादी रहेको दावी गरेका छन् । 'नेपालमा अहिले पनि ९० देखि ९५
मानिसहरु राजतन्त्रबादी छन, राजाबादी चाहिं होइन नी । म पनि राजबादी हैन,
राजतन्त्रबादी हो । नेपालको भौगोलिक, सांस्कृतिक र हरेक हिसावले
प्रजातान्त्रिक पद्दतीभित्र बस्ने सम्पूर्ण जातजाति धर्म समुदायले मानेको
एकताको प्रतिक चाहिएको छ । राजतन्त्र फाल्नेबिधि जुन अपनाइयो त्यो ठिक
भएन । अहिले पूर्वराजा जहाँजहाँ जान्छन नेताहरु किन यसरी तर्सेका ? किन
यस्तो बिक्षिप्त भएका ?'
संबिधानसभाले संबिधान बनाउँदैन
संबिधानसभाले संबिधान लेख्न नसक्ने ठोकुवा गर्दै कटवालले बिज्ञहरुको
समूहले संबिधान बनाउनु नेपालको सन्दर्भमा सवैभन्दा उपयुक्त हुने बताए
।'किनकी संबिधान लेख्ने त बिज्ञहरुले हो नी । साँच्चिकैसंबिधान बनाउन
चाहेको भए चार/पाँच जना बिशेषज्ञको समूह राखेर संबिधान बनाऔं । पहिले
आधारभूत कुरा तय गरौं र त्यसरी बन्ने संबिधानलाई संसदबाट अनुमोदन गरौं ।'
संबिधानसभामा बिज्ञ नहुँदा संबिधान बन्न नसकेको भन्दै कटवालले
भने-'हामीले समावेशीका नाममा हामीले घाँसीलाई ल्यायौं, भाँडा माझ्ने
मान्छेलाई ल्यायौं, संबिधान लेख्ने मानिस त बिज्ञहुनुपर्यो नी ।'
कटवालले दोस्रो जनआन्दोलनलाई 'कथित' जनआन्दोलनको संज्ञा दिँदै त्यसयताको
आठ बर्षमा मुलुकको अबस्था झनै बिगि्रएकाले बरु पहिले नै ठिक थियो भन्ने
अबस्था आएको बताए ।

No comments:

Post a Comment