Wednesday, July 24, 2013

नेपालसहित एमाले टोली आज दिल्ली जाँदै

काठमाडौ, श्रावण ९ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपाल सहितको टोली बुधबार
दिल्ली जाँदैछ । नेपालसँगै महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य
राजन भट्टराई जाने एमालेले जनाएकोछ ।
भारतले नेपालका प्रमुख दलका सबै नेताहरूसँग संवाद बढाउनेनीतिअनुसार
नेपाललाई पनि बोलाएको हो । यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । एमाले
सचिव विष्णु पौडेलका अनुसार पाँचदिने भ्रमणका क्रममा टोलीले भारतीय
प्रधानमन्त्री सिंहका साथै प्रमुख विपक्षी दलका नेता, प्रमुख दलका शीर्ष
नेतालगायतसँग छलफल गर्नेछ । सत्तारूढ कांग्रेस आईकी अध्यक्ष सोनिया
गान्धीसँग भेट हुने/नहुने टुंगो छैन । कांग्रेस नेता देउवाले गान्धीसँग
भेटेका थिए ।
भेटमा द्विपक्षीय हितका सन्दर्भमा छलफल हुने एमालेलेजनाएको छ । भ्रमणका
क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट र संसारकै सबैभन्दा पुरानो
बिहारको नालन्द विश्वविद्यालयसमेत अवलोकन गर्ने कार्यक्रम छ । टोली
आइतबार स्वेदश फर्किने छ ।
भारत भ्रमणअघि मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति
रामवरण यादवसँग भेटेर भ्रमण र त्यहाँ हुने भेटघाटबारे जानकारी गराए ।
नेपाललाई राष्ट्रपतिले असन्तुष्ट दलहरूलाई चुनावमा समेट्न थप प्रयास गर्न
आग्रह गरेका थिए । निर्वाचन आचारसंहिता लागू भइसक्दा पनिअसन्तुष्ट
दलहरूलाई समेट्ने प्रयासले पूर्णता नपाएको भन्दै राष्ट्रपतिले गम्भीर हुन
आग्रह गरेका थिए ।

No comments:

Post a Comment