विपक्षीलाई भने- 'सहमतिमा आओ, नत्र.......'
१७ माघ, काठमाडौं । सत्तारुढ २१ दलीय संघीय लोकतान्त्रिक
गणतान्त्रिकगठवन्धनका नेताहरुले बुधबार राजधानीको खुल्लामञ्चमा आयोजित
'जनजागरण सभा'मार्फत् विपक्षी दललाई छिटो सहमतिमा आई संविधानसभाको
चुनावमा जान आग्रह गरेका छन् । अन्यथा, समयले विपक्षीलाई नपर्खने र
उनीहरु इतिहासबाटै निमिट्यान्न हुने दाबीसमेत सत्तारुढ नेताले गरेका छन्
।
कांग्रेसलाई धेरै समय पर्खन सकिँदैनः प्रचण्ड
गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष प्रचण्डले सहमतिका लागि
कांग्रेसलाई अब धेरै पर्खन नसक्ने बताउनु भएको छ । कांग्रेस-एमालेले अझै
घमण्ड गरिराखे ठूलो क्षति बोहोर्नु पर्ने चेतावनी दिनुभयो । कांग्रेसमा
१२ बुँदे र संघीयता विरोधी नेतृत्व हावी भएको भन्दै उहाँले तत्काल
सहमतिमा नआए जनविरोधीहरुलाई समाप्त पार्न जनतालाई अपिल गर्ने चेतावनी
दिनुभयो । 'तपाईहरुअब ढिलो नगर्नुस, सहमतिमा आउनुस्, निर्वाचनमा जाऔं,
तपाईहरुले ढिलो गर्नुभो, घमण्ड गरिराख्नु भो भने तपाईहरुलाई ठूलो क्षति
हुनेवाला छ ।
प्रचण्डले 'ठूलो क्षति हुनेवाला छ' भन्ने वाक्यांशलाई दोहोर्याएर, अलि
जोड दिएर भन्नुभयो । उहाँले भन्नुभयो-' गिरिजाबाबुको अबसानपछि १२ बुँदे
विरोधीहरुको नेतृत्व कांग्रेसमा हावी भएको छ । राज्य पुनःसंरचना
विरोधीहरुको नेतृत्व रहिराख्यो भने यो गठवन्धन तपाईहरुसँग अपिल गरेर
सहमतिका लागि सधै पर्खेर बस्न सक्दैन । अन्तिम लडाई हामी नयाँ तरिकाले
लडेर तपाईहरुको प्रतिगामी, यथास्थितिवादी जनविरोधी अस्तित्व नेपाली
जनाताले समाप्त पार्नेछन् । त्यसका निम्ति हामी अपिल गछौं ।'
एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले अहिले पनि १२ बुँदेका सहयात्री
दलहरुलाई सँगै लिएर जान चाहेको भन्दै उहाँले १२ बुँदेमा भनिएको राज्यको
अग्रगामी पुनर्सरचना, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताको
चाहनालाई बुझ्ने कोशिश नगेर इतिहासको कुडाककर्टमा मिल्काउने चेतावनी
दिनुभयो ।
लठ्ठी होइन, नत्थी लगाउछौं- प्रधानमन्त्री
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस, एमालेले संविधानसभा विघटन
गराएको भन्दै उनीहरुले नै सडक आन्दोलन गर्नु हास्यास्पद भएको बताउनुभयो ।
३० वर्षसम्म पञ्चायती शासन र ४८ सालपछि २० वर्षसम्म सत्ता चलाउने
कांग्रेस-एमालेहरुले आफूलाई दोष दिनुको अर्थ नरहेको बताउनु भयो ।
उहाँलेआफूहरुले पञ्चायती र कांग्रेस-एमालेले थुपारेको फोहोर सफा गरिरहेको
बताउनुभयो ।
जेठ १५ भित्र नयाँ निर्वाचनगर्न प्रतिवद्ध रहेको भन्दै उहाँले
भन्नुभयो-'निर्वाचनदेखि डराएर भागेका कांग्रेस-एमाले लगायतका पुराना
शक्तिहरुलाई तानेर, लठ्ठी हैन, नथ्थी लगाएर चुनावमा ल्याउँछौं र देशलाई
परिर्वतनको दिशामा लैजान्छौं ।'
काठमाडौंमा सडक विस्तार अभियान सुरु गरेको भन्दै उहाँले भन्नुभयो-'हामीले
निनिश्च अवधिसम्म काम गर्ने जनादेश पायौं भने केही गर्न सक्छौं भन्ने
ट्रेलर देखाउने कोशिस गरेका छौं । हामीले मौका पायौं भने, बहुमतकेा सरकार
दिइयो भने निश्चित गर्न सक्छौं भन्ने हामीले देखाएका छौं ।' जनताको
असन्तुष्टीप्रति आफूहरु सहमत रहेको भन्दै उहाँले भन्नुभयो-'हामीलाई
हातखुट्टा बाँधेर पोखरीमा धकेलिदिएपपनि हामीले पौडिने कोशिश गरिरहेका छौं
।' यथास्थिथिवादी शक्तिहरुले परिर्वतनकारी शक्तिहरुलाई घेरावन्दीमा परेको
भन्दै उहाँले सचेत रहन अपिल गर्नुभयो । सरकारले पत्रकारलाई सुरक्षा
नदिएको भन्दै भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री भट्टराईले भन्नुभयो-'यो
सरकार सबैभन्दा बढी प्रेस तथा वाकस्वतन्त्रताप्रति प्रतिवद्ध सरकार हो ।
कही कतैबाट असुरक्षा हुन्छ भने हामीलाई भन्नुस्, हामी तपाईलाई पूर्ण
सुरक्षाको प्रत्याभूति गराउँछौं ।'
कांग्रेस असफल, एमालेले लोडसेडिङ बढायोः गच्छदार
फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले
नेपाली कांग्रेस असफल भएको र एमालेले गर्दा १४ घण्टा लोडसेडिङ बढेको
बताउनुभयो ।
विपक्षी दलहरुले संघीयता नचाहेको आरोप लगाउँदै गच्छदारले भन्नुभयो-'यो
गठवन्धन संघीयता विरोधी प्रतिपक्षी दलहरुको विरुद्धमा बनाइएको हो ।'
गच्छदारले विपक्षी दलहरुलाई संघीयताविरोधी भन्दै उनीहरुलाई घुँडा टेकाएर
संविधानसभाको चुनावमा लैजाने बताउनुभयो । पहिचानसहितको संघीयता र
संघीयतासहितको संविधान निर्माण नहुँदासम्म सत्तारुढ गठबन्धनलाई कायम
राख्ने प्रतिवद्धता जनाउँदै गच्छदारले भन्नुभयो- 'संविधानसभाको निर्वाचन
गरेर संविधानसभाले नयाँ संविधान बनाउने छ ।'
राष्ट्रपतिकै अगाडि आफूले कांग्रेस र एमालेका नेतालाई विरोधमात्रै नगर्न
र जिम्मेवार बन्न आग्रह गरेको गच्छदारले बताउनुभयो । 'मैले राष्ट्रपतिकै
अगाडि उहाँहरुलाई भनेको छु, विरोधमात्रै गरेर तपाईहरुले मुक्ति
पाउनुहुन्न, चुनाबमा जाने हो भने सहमतिमा आउनोस्, प्याकेजमा सहमति गर्न
हामी तयार छौं, सरकारमात्रै मागेर पाइँदैन ।'-उहाँले भन्नुभयो, 'चुनाव
गराउनु छ भने सहमतिमा आउनोस् ।'
कांग्रेसले ०४७ देखि ०६९ सालसम्म २२ वर्षमा १८ वर्ष सरकार चलाएको भन्दै ४
वर्षमात्रै यो पार्टी सरकारभन्दा बाहिर रहेको गच्छदारले बताउनुभयो ।
नेपाली कांग्रेस असफल सावित भएकाले ३५ वर्षसम्म नेपाली कांग्रेसमा लागेर
आफूले छाड्नुपरेको उहाँले बताउनुभयो । संविधानसभा विघटन हुँदा कांग्रेस र
एमालेका दुईजना उपप्रधानमन्त्री पनि सरकारमा भएकाले संविधानसभा विघटनको
दोष एमाओवादी र मधेसी मोर्चालाई मात्रै लगाउनु नमिल्ने उहाँले बताउनुभयो
।
एमालेले देशलाई दिनको १४ घण्टा लोडसेडिङको अँध्यारोमा पार्ने काम गरेको
मन्त्री गच्छदारले आरोप लगाउनुभयो । ०५१ सालमाएमालेले ११ सय मेगावाटको
अरुण तेस्रो आयोजना तुहाएर ठूलो अपराध गरेको र त्यसैलेगर्दा मुलुक
लोडसेडिङको अँध्यारोमा परेको उहाँले दाबी गर्नुभयो । साथै माधव नेपाल
नेतृत्वको आफ्नै सरकार ढालेर झलनाथ खनाल प्रधानमन्त्री बने पनि एउटा
सिन्कोसम्म भाँच्न नसकेको गञ्छदारले आरोप लगाउनुभयो ।
'कन्जरभेटिभ रुलिङ'ले संविधानसभाको अवसान भयोः ठाकुर
को तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको 'कन्जरभेटिभ
रुलिङ'ले गर्दासंविधानसभा विघटन भएको भन्दै पछिल्लो समय ३ महिनामात्रै
म्याद थपिएको भए संविधान बनिसक्ने दाबी गर्नुभयो । दलहरुले सरकार बाहेक
अरु केही नचाहेको नेता ठाकुरले आरोप लगाउनुभयो । परिवर्तन चाहने
शक्तिहरुले समेत मधेसका समस्यालाई सुन्न नचाहेको भन्दै उहाँले प्रश्न
गर्नुभयो-'अब हामी कहाँ जाने ?' मधेसमा विगतमा गौतम बुद्ध, जनक र सीताको
जन्मभूमि रहेको मधेस यतिबेला हिंसा, अपराध र अपहरणले आक्रान्त बनेको
बताउनुभयो । मधेसी किसानले पानी र मल, बिऊ पाउन नसकेको समेत उहाँले
बताउनुभयो ।
विपक्षीहरु सडकमै मर्छन्ः मन्त्री महतो
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विपक्षी दलहरु आन्दोलन छाडेर
सहमतिमा नआए सत्ता भनेर चिच्याउँदा चिच्याउँदै सडकमै मर्ने दावी गर्नुभयो
। 'प्रधानमन्त्री के लिए सडक आन्दोलन छोडो, सहमति मे आओ, सहमति के आधार
पर राष्ट्रियसहमति के सरकार बनाओ, संविधानसभाको चुनाव करबाओ' हिन्दीमा
भाषण गरेका स्वास्थ्यमन्त्री समेत रहेका महतोले भन्नुभयो-'नहीं तो सडक पर
चिल्लाते चिल्लाते मरजाओगे । सडक मे प्रधानमन्त्री और सरकार नहीं मिलेगा
।'
विपक्षी दलहरुले प्रधानमन्त्री नभई सहमति, चुनाव केही हुन नदिएको भन्दै
कांग्रेस, एमालेको माग र क्रियाकलाप लोकतन्त्र विरोधी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो- सडकबाट कसरी प्रधानमन्त्री पाइन्छ लोकतन्त्रमा ?
लोकतन्त्रमासडकबाट सरकार बनाइँदैन ।'
यो त ट्रेलर मात्र होः मन्त्री यादव
फोरम गणतान्त्रिकका अध्यक्ष एवं सञ्चारमन्त्री राजकिशोर यादवले आमसभा
टेलर मात्र भएको भन्दै परिर्वतनको चाहनालाई संस्थागत गर्न अवरोध गरे
आफ्नो असली शक्तिदेखाउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-'यो त खाली
टेलर मात्र हो, सचेत गराउने कार्यक्रम हो । आफूलाई सुधार्न सक्नुभएन भने
नेपाली जनताको परिर्वतनको चाहनालाई संस्थागत गर्न अवरोध गरे आफ्नो असली
शक्तिप्रदर्शन गर्छौं ।' यादवले परिर्वतनलाई आत्मसाथ नगरे कांग्रेस-एमाले
प्रजापरिषद् जस्तै इतिहासमा सीमित बन्ने चेतावनी दिनुभयो ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete