Wednesday, January 30, 2013

विपक्षीहरु चिच्याउँदा चिच्याउँदै सडकमा मर्छन्ः महतो

१७, माघ, काठमाडौं । खुलामञ्चमा जारी सत्तारुढ संघीय लोकतान्त्रिक
गणतान्त्रिक गठवन्धनको आमसभामा फोरम गणतान्त्रिकका अध्यक्ष एवं
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विपक्षी दलहरुले संघीयता नाहेको
बताउनु भयो । उहाँले भन्नुभयो-'यो गठवन्धन संघीय विरोधी प्रतिपक्षी
दलहरुको विरुद्धमा बनाइएको हो ।' पहिचानसहितको संघीयतासहितको संविधान
नबनेसम्म वर्तमान गठवन्धनलाई लैजानु पर्ने भन्दै उहाँले विपक्षी
दलहरुलाईघुँडा टेकाएर छाड्ने दावी गर्नुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विपक्षी दलहरु आन्दोलन छाडेर
सहमतिमानआए सत्ता भनेर चिच्याउँदा चिच्याउँदै सडकमैमर्ने दावी गर्नु भएको
छ ।
खुलामञ्चमा जारी सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको
आमसभामा हिन्दीमा भाषण गरेका महतोले भन्नुभयो-'सडक छोडो, सहमतिमा आओ,
चुनाव करबाओ, नहितो सडकमे चिल्ला ते चिल्लाते मरजाओगे ।'
टेलर मात्र होः यादव
फोरम गणतान्त्रिकका अध्यक्ष एवं सञ्चारमन्त्री राजकिशोर यादवले
परिर्वतनलाई आत्मसाथ नगरे कांग्रेस-एमाले प्रजापरिषद् जस्तै बन्ने
चेतावनी दिनुभयो । उहाँले बुधबारको आमसभा टेलर मात्र भएको भन्दै
परिर्वतनको चाहनालाई संस्थागत गर्न अवरोध गरे आफ्नो असली शक्ति देखाउने
बताउनु भयो-'यो त खाली टेलर मात्र हो, सचेत गराउने कार्यक्रम हो । आफूलाई
सुर्धान सक्नु भएन भने नेपाली जनताको परिर्वतनको चाहनालाई संस्थागत गर्न
अवरोध गरे आफ्नो असली शक्ति प्रदर्शन गछौं ।'
जारी सभालाई माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई
लगायतका गठवन्धन नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
जनजागरण सभामा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन सम्वद्ध दलहरुले
सम्पूर्ण संयन्त्र परिचालन गरेका छन् । सभा अघि उपत्यकाका हरेक नाकाबाट
जुलुस निकालिएकोथियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete