Saturday, February 2, 2013

बाबुरामलाई सिंहदरबारबाट गल्हत्याएर निकाल्छौं : केसी

उपेन्द्र यादव, बारा, माघ २०-नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह
केसीले कांग्रेसलाई विरोधी ठान्ने एमाओवादीको इतिहास नेपालबाट विलीन हुने
बताएका छन्। उनले विगतमा लोकतान्त्रिक शक्तिलाई विरोधी ठान्ने राणा र
राजाको इतिहास नेपाली कांग्रेस नेतृत्वकै आन्दोलनले विलीन पारेको भन्दै
एमाओवादी पनि त्यसरी नै सखाप हुने चेतावनी दिए।
ल्होसार २८४९ डुल वर्षको अवसरमा बारा तामाङ संघले पथलैयामा गरेको
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता केसीले आफूलाई सर्वसत्ता
ठान्ने राजालाई नारायणहिटी राजदरबारबाट फालेजस्तै प्रधानमन्त्री बाबुराम
भट्टराईलाई पनि सिंहदरबारबाट गल्हत्याएर विपक्षी दलहरुले सुरु गरेको
आन्दोलनले निकाल्ने बताए। उनले त्यसका लागि नेपालका लोकतान्त्रिक
शक्तिहरु एक भएर माओवादीको विरोधमा उत्रन आग्रह गरे।
एमाओवादीले पार्टी फुटेपछि कमजोर भएको र चुनावको नाममा सत्ता लम्बयाउन
लागेकाले देशमा चुनाव गराउन नियमकानुन नभएको बेलामा एमाओवादी सरकारले
एकलौटी चुनाव गराउनसक्ने कुरा शंकाको विषय रहेको उनले बताए।
कार्यक्रमका अर्का नेता शंकर भण्डारीले भट्टराई नेतृत्वका सरकारले
नेपालकै इतिहासमा राष्ट्र र स्वाधीनताविरोधी भएको र यसले नेपाली
जनताभन्दा विदेशी देशलाई खुसी पार्ने काममात्रै भएको बताए।
उनले भट्टराई सरकार जति दिनलम्बयो त्यति दिन नेपाली जनता अराजकता र
दण्डहीनताको सिकार बन्ने बताए।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete