Saturday, February 2, 2013

हामीलाई नत्थी लगाउने हैसियत बाबुरामसँग छैन : नेपाल

तुफान न्यौपाने, नेपालगन्ज, माघ २० - एमाले वरिष्ठ नेता माधवकुमार
नेपालले माओवादीले देश टुक्राउन खोजेको आरोप लगाएका छन्। उनले जातीय
राज्य बनाएर टुक्राउँदै देशको स्वतन्त्रता समाप्त पार्न माओवादी
लागिरहेको बताए। प्रेस चौतारीको पत्रकार सम्मेलनमा उनले माओवादीले
सर्वसत्तावाद लाद्दै लोकतन्त्र खत्तम पार्न लागेको बताए।
'माओवादीले लोकतन्त्र, राष्ट्रिय स्वतन्त्रता, सुशासन सबै खत्तम पारे,'
उनले भने। विपक्षीलाई नत्थी लगाएर चुनावमा लैजानेप्रधानमन्त्रीको
अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले भने, 'माओवादीलाई जंगल र भारतबाट
नत्थी लगाएर ल्याएका हौं, हामीलाई नत्थी लगाउने बाबुरामको हैसियत छैन।'
उनले माओवादी फुटेकाले अहिलेको अवस्थामा उसले नै चुनाव नचाहेको बताए।
माओवादीले हार्ने डरले चुनाव गराउन नचाहेको उनले आरोप लगाए।
'१२ बुँदे नत्थी लगाएर तान्दै ल्याएपछि धेरै छुट दिनु हाम्रो पनि कमजोरी
भयो,' उनको तर्क छ,'धेरै छुट दिएकाले पुल्पुलिए र तानाशाही लाद्न थाले।'
नेता नेपालले माओवादी इमान्दार नभएकाले बार्ता र सहमतिको ढोका बन्द
भइसकेको बताए। भने,'माओवादी इमान्दार बनेर प्रतिपक्षीको विश्वास
नजितेसम्म बार्तामा बस्नुको कुनै अर्थ छैन, उनीहरूलाई सत्ता लम्बाउने
बाहना चाहिएको छ।' अब माआवादीको तानाशाही प्रवृत्तिविरुद्ध आन्दोलनमा
जाने र त्यही आन्दोलनले पाखा लगाउने उनको दाबी थियो।
माओवादीले मुठभेड चाहेको आरोप लगाउँदै नेता नेपालले सबैलाई तह लगाउँछु
भन्ने भ्रम छाड्न आग्रह गरे। अत्याचारले सीमा नाघिसक्दासमेत प्रतिपक्षीले
मुठभेड नचाहेकोले संयमता अपनाएको उनले दाबी गरे। 'हामी मुठभेड
चाँहदैनौं,शान्तिपूर्ण तरिकाले माओवादीको बहिर्गमन होस्,' उनको चाहना
छ,'सहमतिको सरकार बनोस् र त्यसैले संविधान सभा तथा स्थानीय निकायको चुनाव
गरोस्।'

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete