मकवानपुरबाटै चल्न थाल्यो मुलुकको शासन
२१ माघ, हेटौंडा । मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री डा. बाबुराम
भट्टराईले यतिबेला मुलुकको दैनिक शासन हेटौडाबाटै चलाइरहनुभएको छ ।
पार्टीको महाधिवेशनमा भाग लिन केही दिनका लागि हेटौडा आउनुभएका
प्रधानमन्त्री डा. भट्टराई बस्ने औद्योगिक क्षेत्रको एक तले निवासमा
राष्ट्रिय झण्डासमेत फहराइएको छ ।
प्रधानमन्त्रीले हेटौटाबाट टेलिफोनका माध्यमले सरकार सञ्चालन गरिरहनुभएको
छ । मुख्य सचिवलाई दिनुपर्ने आवश्यक निर्देशन उहाँले सिंहदरबारबाट नभई
हेटौंडाबाटै दिइरहनुभएको छ । 'मैले यहीँबाट मुख्य सचिवलाई फोन गरिरहेको
छु । वीरगञ्जको अपरहरणबारे कडाइपूर्वक लाग्न निर्देशन गरेको छु ।'
प्रधानमन्त्रीले अनलाइनखबरसँगको विशेष कुराकानीमा भन्नुभयो, 'अहिलेको
सूचना प्रविधिमा जुन ठाउँमा रहे पनि फरक पर्दैन ।'
प्रधानमन्त्री निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री
निवास नजिकैको अतिथिगृहमा पार्टी अध्यक्ष प्रचण्डको निवास रहेको छ ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरामको निवास छुट्टाछुट्टै निवास
महाधिवेशनभन्दा केही अग्लो डाँडामा रहेका छन् ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete