Tuesday, February 26, 2013

माओवादीले ‘जनयुद्ध’ हैन ‘जलयुद्ध’ गर्ने

१५ फागुन, लमजुङ । नेकपा-माओवादीका सचिव देव गुरुङले आफ्नो पार्टीले अब
जलविद्युत क्षेत्रमाभारतीय हस्तक्षेप र सरकारी रवैयाप्रति 'जलयुद्ध'
गर्ने बताउनुभएको छ ।
सोमबार लमजुङको बेसीशहरमा आयोजना भएको एक कार्यक्रममा गुरुङले मेघा
जलविद्युत आयोजनालाई सरकारले मोडलमार्फत सोझै सम्झौता गर्ने, सञ्चालन
गर्ने र भारतमा निर्यात गर्ने तयारी गरेको भन्दै उक्त कार्य विरुद्ध
'जलयुद्ध'मार्फत देशव्यापी रुपमा भण्डारफोर गर्ने बताउनुभयो ।
गुरुङले लमजुङ र मनाङको सीमावर्ती क्षेत्रमा भारतीय कम्पनी जीएमआर र
हिमताल हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६ सय मेगावाट क्षमताको
माथिल्लो मस्र्याङदी आयोजनालगायत सबै आयोजनाको लाइसेन्स खारेज हुनुपर्ने
बताएको नेपाल समाचारपत्रमा खबर छ ।
भारतले नेपालका ठूला जलविद्युत आयोजनामा कब्जा जमाउन लागेको भन्दै
गुरुङले १२ प्रतिशत विद्युत दिएर ८८ प्रतिशत भारतमा लैजाने षड्यन्त्र
भइरहेकेा र उक्त कार्यलाई प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी
अध्यक्ष प्रचण्डले प्रोत्साहन गरेको आरोप लगाउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete