भद्रपुर, फागुन १७- पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाखण्डको सुरुङ्गामा
लुटेराले एक व्यक्तिलाई गोलीप्रहार गरी रु आठ लाख लुटेका छन्। सुरुङ्गा-५
बस्ने ३५ वर्षीय अशोक पोखरेलको साथमा रहेको रकम सुरुङ्गा-२ स्थित उक्त
राजमार्गमा बुधबार लुटिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।
उनी प्रभु मनिचेन्जरका कर्मचारी रहेको बुझिएको छ। विर्तामोडबाट १० किमीको
दूरीमा रहेको सुरुङ्गातर्फ मे४प ४१७१ नम्बरको मोटरसाइकलबाट आइरहेको
क्रममा अर्को मोटरसाइकलमा पिछा गर्ने दुई लुटेरालेे जबर्जस्ती मोटरसाइकल
रोकी उनको साथमा रहेको झोला खोस्ने क्रममा उनलाई पेटमा गोली प्रहार गरेको
छ।
पेटमा गोली लागेकाले पोखरेलको अवस्था चिन्ताजनक रहेको छ। उनको धरानस्थित
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
लुटेरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete