Tuesday, October 30, 2012

विश्वका प्रहरीको खोजीमा ७२ नेपाली

१४ कात्तिक, काठमाण्डौं । अपराध गरेर फरार भएका ७२ जना नेपाली विश्वका
प्रहरीको खोजीको सूचीमा परेका छन् । विश्व अपराध प्रहरी संगठन (इन्टरपोल)
ले उनीहरुलाई रेडकर्नर नोटिस समेतजारी गरेको छ ।
एक बर्षयता थप २२ नेपालीमाथि रेडकर्नर नोटिस जारी भएको छ । इन्टरपोलका
अनुसार गत बर्ष करिब ४० नेपालीमाथि रेडकर्नर नोटिस जारी गरेको थियो । ती
मध्ये १० जनालाई नेपाल प्रहरीको सिफारिसमा र अन्यलाई विभिन्न देशको
सिफारिसमा रेडकर्नर नोटिस जारी गरेको खबर नयाँ पत्रिकाले छापेको छ ।
विदेशमा अपराध गरी रेडकर्नर नोटिसमा पर्ने नेपालीको संख्याबढ्दै गएको छ ।
इन्टरपोलका अनुसार सवैभन्दा धेरै भारतीय प्रहरीको सिफारिसमा नेपालीमाथि
रेडकर्नर रोटिस जारी भएको छ ।

No comments:

Post a Comment