Friday, August 10, 2012

पहिरोले ५ सय रोपनी जमिन बगायो

नुवाकोट, २६ साउन । अविरल बर्षासँगै गएको पहिरोले नुवाकोटको साल्मे गाँउ विकाससमितिमा पाँचसय रोपनी खेतीयोग्य जमीन बगाएको छ । साल्मे गाविसको वडा नम्बर ३ र ४ मा रहेको तर्सिङ खोलामा आएको बाढीका कारण पहिरो गएको हो ।
पहिरोले तीन सय घरधुरीलाई आवतजावतमा कठिनाई हुनुका साथै पाँचसय रोपनी खेतबारी बगाएको साल्मे माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र तामाङले जानकारी दिनुभएको छ । सोही स्थानमा सातबर्ष अगाडी पनि पहिरो गएकोमा यसपटक पनि दोहोरिएको उहाँले बताउनुभएको छ ।

No comments:

Post a Comment