Friday, August 10, 2012

पाल्पामा भगवती जात्रा निकालिँदै

२६ साउन, पाल्पा । नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने राष्ट्रिय स्तरकै भगवती जात्रा आज पाल्पामा निकालिदैछ । तत्कालीन अङ्ग्रेज युद्धमा विसं. १८७१/७२ मा जितगढीमा भएकोथियो । तत्कालिन कर्णेल रणउजेरेश्वरी सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।
भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेर अङ्गे्रज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकालिने प्रचलन छ । युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दीरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरि बजार परिक्रमा गराएका थिए । १९७७ सालदेखि पाल्पामा प्रत्येका वर्ष भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।
आज दिउँसो ठिक १ बजे रथयात्रा निकालिने मन्दिर वयवस्थापनसमितिका अध्यक्ष केदारलाल श्रेष्ठले जानकारी दिनुभएको छ । रथयात्रा सुरु हुनु भन्दा अगाडी नेपाली सेनाले सलामी चढाउने र दरवारको माथिल्लो वुर्जाबाट विगुल फुक्ने त्यसपछि स्वष्तीक वाचन कार्यक्रम रहेको छ । रथयात्रा हेर्नको पाल्पासहित स्याङ्गजा, गुल्मी, रुपन्देही, अर्घाखाँचीलगायतका स्थानबाट मानिसहरु आउने गरेको छन् ।

No comments:

Post a Comment