२५ साउन, काठमाण्डौं । हिन्दु धर्माबलम्बीहरुको महान पर्व
'श्रीकृष्णजन्माष्टमी' आज देशभरि भगवान् श्रीकृष्णको पूजाआराधना गरी
मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको
जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई
'श्रीकृष्णजन्माष्टमी' र रातलाई 'मोहरात्री' भनिन्छ ।
आजको दिन मुलुकभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना,
प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरूमा 'व्रत' बसी रातभर
जाग्राम बस्ने प्रचलन छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी
प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका
रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि
मानव समुदायलाई प्रेरित गर्नुभएको बताइएको छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न
पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममास्वयम् उहाँका
मुखारविन्दबाट व्यक्त 'श्रीमद्भागवतगीता' हिन्दुहरूको पवित्र ग्रन्थ
मानिन्छ । बाल्यकालदेखि नै आˆना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले
पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको
विश्वास गरिन्छ ।
पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा कृष्णको जन्मोत्सव मनाउन
ललितपुर उपमहानगपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । सो
अवसरमा राष्ट्रपति डा. रामवरण यादवबाट बिहान आठ बजे भगवान् श्रीकृष्णको
दर्शन तथा प्रसाद ग्रहण कार्यक्रम रहेको छ ।
जन्माष्टमीका अवसरमा श्यामा-श्यामधाम थिमीमा विशेष कार्यक्रम गरिन्छ ।
काठमाडौँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन रहेको छ ।
No comments:
Post a Comment