Thursday, August 9, 2012

नेपाल सुन तस्करीको ट्रान्जिट, दाउद इब्राहिम पनि सक्रिय

२५ साउन, काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक किलो सुन सहित भारतीय नागरिकलाई पक्राउ गरेपछि नेपाल सुन तस्करीको ट्रान्जिट बनेको पुष्टी भएको छ । पछिल्लो दिनमा खासाबाट अबैध तरिकाले सुन आयात गरेर भारत निकाशी गर्ने क्रम बढेको थियो जसका कारण वैध तरिकाले आयातित सुन बिक्रि हुन सकेको थिएन् । पक्राउ परेका पासवानको सूचनाका आधार प्रहरीले बुधबार दिनभर न्यूरोडका सुनपसलहरुमा खानतलासी गर्‍यो ।एउटा पसलबाट अबैध सुन नभेटिए पनि १ करोड २९ लाख नगद फेला पारेको छ ।
भन्सार छलेर ल्याइने भएकाले चोरीको सुनमा धेरै नाफा हुने गरेको छ । एक किलो सुनमा भन्सार छल्दा २ लाख ३० हजार रुपैयाँ नाफा हुने भएकाले चोरी निकाशी बढेको आजको कान्तिपुर दैनिकले छापेको छ ।
भारतीय प्रहरीको मोष्ट वान्टेडमा रहेको दाउद इब्राहिमको समूहले पनि नेपाललाई सुन तस्करीमा प्रयोग गरेको जमिम हत्याकाण्ड छानविन गर्न गठित आयोगले खुलासा गरेको छ । खासाबाट सुन तस्करी हुन थालेको समाचार आउन थालेपछि ब्यबसायीले कम मात्रामा बैंकको सुन किन्ने तर धेरै तस्करीकै सुन उठाउने गरिरहेका थिए । नेपालमा वैंकले मात्र सुन आयात गर्न पाउँछन् ।

No comments:

Post a Comment