Thursday, August 9, 2012

अमेरिका हिडेका हजारौ नेपाली अलपत्र

२५ साउन, काठमाण्डौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय तस्करको प्रलोभनमा परेका अमेरिका जान हिँडेका हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशहरुमा अलपत्र परेका छन् । तस्करहरुले मोटो रकम लिई अमेरिका छिराईदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमा पुर्‍याएर छोडिदिएको अलपत्र परेकाहरुले बताएका छन् ।
तस्करहरुले मेक्सिकोबाट अमेरिका प्रबेश गराउने भनी प्रतिव्यक्ति १५ देखि २२ लाख रुपैयाँसम्म लिएर ल्याटिन अमेरिकी राष्ट्रहरुमा पुर्‍याएर छोडिदिने गरेको टेलिफोनमार्फत पिडितहरुले जनाएका छन् । अमेरिका पुर्‍याईदिन्छौ भन्ने तस्करहरु एकाएक फरार भएपछि उनीहरु विचल्ली परेको खबर आजको नागरिक दैनिकले खबर छापेको छ ।
अलपत्र पर्नेहरु मध्ये बोलिभियामा नौसय जना, ब्राजिलमा ९० जना, चिलीमा ५० जना र इक्वेडरमा १५ जना छन् । यो सहित अन्य ल्याटिन अमेरिकी राज्यहरुमा पनि अलपत्रपर्ने नेपालीको संख्या धेरै रहेको छ ।
‘हामी ९० जना ब्राजिलको साओ पाओलोमा अलपत्र परेका छौं, खानेबस्ने कुनै ठेगाना छैन्,’ तस्करको फन्दामा परी ब्राजिलमा अलपत्र परेका पोखराका रविन गुरुङले भने ‘कोही पुलमुनि सुतेका छौ, त कोही टेन्टमा ।’
दुईमहिना अघि गुरुङ सहित ८ जना काठमाण्डौंबाट दोहा हुँदै ब्राजिलको सम्पाल पुगेका थिए । त्यहाँ पुगेपछि उनीहरुलाई अमेरिका जाने सपना बोकेर गएका अन्य नेपालीहरुसँग भेट गराईएको थियो । बिना भिषाको पार्सपोट लिएर त्यहाँ पुगेका उनीहरुले अव के गर्ने भन्दै अन्यौलता प्रकट गरेका छन् । उनीहरुले आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

No comments:

Post a Comment